×

वीरगञ्ज - ग्लोबल आईएमई बैंक लिमिटेड वीरगञ्ज शाखाले लकडाउनको बेला पनि सेवाग्राहीहरुलाई निरन्तर सेवा दिइरहेको छ ।

सेवाग्राहीका सबै गुनासाहरुलाई सम्बोधन गर्दै सेवा दिइरहेको बैंकका वीरगञ्ज शाखा प्रबन्धक संतोष साहको भनाई छ ।

यो संकटको बेला बैंकले ब्याजदर समेत घटाउने उनले बताए ।

हामीले सबै प्रकारका सेवा दिईरहेको छौं, सबै प्रदेशमा हाम्रो शाखाहरु खुलिरहेका छन् । क्रेडिटको कामहरु पनि भइरहेको छ । साथीहरु पनि कार्यालय आइरहनु भएको छ र म पनि कार्यालय नियमित गइरहेको छु ।

सरकारको निर्देशन अनुरुप सुरक्षाका उपायहरु अपनाउँदै निरन्तर सेवा दिइरहेका छौं । हाम्रो सेवाप्रति ग्राहकहरुले सन्तुष्टि व्यक्त गरी सकारात्मक प्रतिकृया दिइरहनुभएको छ ।

वीरगञ्ज शाखा दैनिक बिहान ११ बजेदेखि १ बजेसम्म खुलिरहेका छ । नियमित किसिमका कार्यहरु भईरहेका छन् । जस्तैः चेक डिपोजिट, क्यास डिपोजिट लगायतका कार्यहरु भईरहेका छन् । हामीले ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखेर उचित व्यवस्थाका साथ सेवाहरु प्रदान गरिरहेका छौं ।

हामीले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्नको लागी यो लकडाउनको समयलाई अवसरको रुपमा लिई प्रत्येक नागरिकले सो प्रयोग गर्न समेत सुझाएका छौं । त्यस्तै अहिलेको समयमा कुनै पनि बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क समेत नलाग्ने व्यवस्था रहेको छ ।

यो अवस्थामा आम ग्राहकमा डिजिटल बैंकिङ्गको बानी पनि परेको मैले महसुश गरेको छु । यसले डिजिटल बैंकिङ्गको प्रयोग गरेर क्यासलेस बैंकिङ्गको अवधारणालाई समेत सहयोग गरिरहेको छ ।

अहिले व्यापार व्यवसाय, उद्योग धन्दाहरु धरासायी रहेको कारणले सबै बैंकहरुले ब्याजदर घटाउनेतर्फ विचार गरिरहेको अवस्था छ । जसले गर्दा व्यापार व्यवसाय समेत लाभान्वित हुने अपेक्षा राखेका छौं । नेपाल राष्ट्र बैंकले समेत ब्याज तिर्ने अवधि खुकुलो पार्दै गएको छ । केहिदिन भित्रै निक्षेपको ब्याजदर १ प्रतिशतजस्तो घटेर जान्छ ।

यो प्रतिशत घटेसँगै बेसरेट कम हुन्छ र बेसरेट कम भएसँगै लोनको प्रतिशत पनि कम हुन्छ । जसले लोन लिनु भएकाहरुलाई राहत मिल्छ । हामी हाम्रा ग्राहक महानुभावहरुको सेवा र सुविधाका लागि तत्पर छौं । उहाँहरुको हितकै लागि ग्लोबल आईएमई बैंकले काम गर्दै जाने विश्वास दिलाउन चाहन्छु ।

लकडाउनको अवधिमा बैंकले सेवाग्राहीहरुलाई दिने सेवाहरुको अवस्थाका बारेमा ग्लोबल आईएमई बैंक लिमिटेड वीरगञ्ज शाखाका प्रबन्धक सन्तोष साहसँग गरिएको कुराकानीको सम्पादित अंश ।

Back to top