×

वीरगञ्ज - कोरोनाभाइरसका कारण पुरा विश्व नै लकडाउन मा छ । विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोनाभाइरस अर्थात कोभिड-१९ बाट बच्न सामाजिक दुरीलाई कायम राख्न नेपाल सरकारले पनि लकडाउनको आह्वान गरेको छ । दुई हफ्ता अगाडि आहवान भएको लोकडाउनले हामीलाई कोरोना रोगबाट जोगाए पनि हाम्रै समाजका केहि व्यक्ति भने यसले दोहोरो मारमा परेका छन् ।

लोकडाउनका कारण गरिव, निमुख र दैनिक ज्यालादार गरेर आफ्नो जीविकोपार्जन गर्ने व्यक्ति भने छाक टार्न सकेका छैनन् । त्यसैगरि विभिन्नस्थानबाट अध्ययन गर्न शहर आएका निम्न वर्गका विद्यार्थी पनि लोकडाउनको मारमा परेका छन् । नेपालभरका विभिन्न जिल्ला र ग्रामिण क्षेत्रबाट अध्ययन गर्न वीरगञ्ज आएका विद्यार्थी पनि समस्यामा परेको खबर आएको छ ।

विद्यार्थीहरुको यसै समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसियाले उनीहरुलाई सहयोग गर्न बताएका छन् । विद्यार्थी नेता चौरसियाले लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुलाई जुनसुकै किसिमको सहयोग गर्न आफु तयार रहेको बताए ।

'लकडाउनका कारण गरिव र दैनिक ज्यालादार गर्ने त् मार्कामा परेकै छन् तर सँगसँगै विभिन् स्थानबाट आएका विद्यार्थी पनि समस्यामा परेका छन्,' नेता चुरासियाले भने, 'यस्ता विद्यार्थीलाई सहयोग गर्न हामि तयार छौं । उनीहरुलाई परेको कुनै पनि समस्यालाई हामि समाधान गर्न प्रतिबद्ध छौं ।'

नेता चौरसियाले कुनै विद्यार्थीलाई समस्या परे आफ्नो नं. ९८५५०२०२७६ मा सम्पर्क गर्न आग्रह गरेका छन् । उनले यसैगरि रौतहटका विद्यार्थीहरुलाई ९८४०६४२७०१ र धनुषाका विद्यार्थीलाई ९८४४३६१०५० मा सम्पर्क गर्न सकिने बताए ।

Back to top