×

वीरगञ्ज २२ चैत्र । विश्व व्यापीरुपमा महामारी बनेको कोरोनाभाइरस अर्थात कोभिड-१९ ले नेपालमा समेत विगत २ हफ्ता देखि लकडाउनमा छ । लकडाउनका कारण सबै कामकाज ठप्प भएको कारण दैनिक ज्यालादारी मजदुर देखि लिएर सीमाक्षेत्रमा अलपत्र परेकाहरुलाई छाक टार्न समस्या भएको छ ।

अलपत्र परेकाहरुलाई संघीय, प्रदेश र स्थानीयतहको सरकारलगयात स्थानीय परोपकारी सामाजिक संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । तर लकडाउनलाई भने केहि स्थानीय राजनीतिक दलका नेताले पैसा कमाउने भाडोको रुपमा प्रयोग गर्न थालेका छन् ।

विभिन्न राजनीतिक दलका नेताहरुले बारा-पर्सा करिडोरमा रहेका केहि उद्योग र कलकारखानामा पुगेर अलपत्र परेकालाई सहयोग गर्ने नाममा चन्दा आतंक मचाएका छन् । पिडितहरुलाई सहयोग गर्ने सधै विभिन्न राजनीतिक दलका केहि नेताहरु उद्योगमा पुग्दै चन्दा मागेर गरेर आतंक मचाएको वीरगञ्जका केहि प्रतिष्ठी उद्योगले बताए ।

उनले पिडितलाई सहयोग गर्न नाममा केहि नेताहरुले उद्योगी र व्यसायीहरुलाई चन्दा दिन दवाव दिएर हैरान गरेको बताउदै दु:ख व्यक्त गरे । लकडाउन बेला सरकार र स्थानीय संघ संस्थाहरुले सहयोग गरिरहेको बेला राजनीतिक दलका केहि नेताहरुले यो मौकालाई पैसा कमाउने अवसर बनाएको उनको भनाई छ । उद्योगीले स्थानीय प्रहरी र प्रशासन समेत यस्तो अवस्थामा मुख्दर्सक बनेको बताउदै आपत्ति जनाए ।

Back to top