×

 

इस्लामिकदेशको रुपमा पाकिस्तानलाई चिनिन्छ । त्यहाँ पनि बिश्वका धेरै मुलुक जस्तै कारोना (कोभिड–१९) भारइरसको संक्रमणको अवस्था डरलाग्दो किसिमले बढ्दो छ । ति संक्रमणहरु मुख्य रुपमा त्यहाँ भएका धार्मिक भेलाहरु र शुक्रवार जुमाका दिन हुने नामाज अर्थात सामुहिक प्रार्थनाबाट बिस्तार भएको तथ्यहरु बाहिरिएका छन् ।

त्यसपछि दुई हप्तादेखि राष्ट्रपति अरिफ अल्वी यस्ता धार्मिक भेला नगर्न र शुक्रवारको नामजाका लागि बाहिर नजान भनेका छन् । त्यसै गरी इस्लामिक आइडियोलजी काउन्सिलका अध्यक्ष किब्लाअयाजले सुझाव दिएका छन कि जनताको स्वास्थ्यको देष्टि कोणले शुक्रवारका प्रार्थनाको लागि कोही बाहिर नजाऊन । यस अघि डिफेन्स हाउजिंग अथारिटीले घोषणा गरिसकेको थियो कि उनीहरूको समुदायमा मस्जिदहरू बन्द गरिनेछन ।

किन सचेत भएका छन् त पाकिस्तानका जिम्मेवार निकाय ? बलिया कारणका रुपमा केही उद्हारण घट्ना यहाँ प्रस्तुत छ । राजधानी प्रशासनले गत सोमबार इस्लामाबादको कोट हथियाल स्थित युनियन काउन्सिल (स्थानीयतहइकाई)लाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँधार्मिक जामातका ६ जना सदस्यमा कोरोनाभाइरसको जाँचमा ‘पोजेटिभ’ नतिजा देखिए पछि उक्त कदम चालियो ।

मार्च ११ देखि १५ सम्म लाहोर नजिकै आयोजित राईविन्डमा टेलेगीजमात मण्डलीमा भेला भएपछि त्यसमा सहभागिमध्ये सिन्धमा चार जनामा र प्यालेस्टाइनमा २ जनामाभाइरसको ‘पोजेटिभ’ नतिजा परीक्षण गरेको हो । उक्तज मातमाहजारौ ंमनिसहरु सामेल थिए । प्रचार टोलीकासदस्य एक व्यक्तिले कोविड १९ को संक्रमण भेंटिएपछि प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको पनि परीक्षणको लागि नमूना पठाइएको थियो । पाकिस्तानी संचारमाध्यमसंग कुरा गर्दै थप पाँचव्यक्तिको परिक्षण परिणाम ‘पोजेटिभ’भयो भनेर त्यहाँका पुलिसका सहायक सुपरिटेन्डेन्ट पुलिस (एएसपी) हमजाअमानुल्लाहले जानकारी दिए ।

थप परिक्षण पनि गरिएका छन् । उनले भने अनुसार जमातका अन्य सदस्यहरुमा पनि परीक्षण लिइएको छ जसमा मदरसाका विद्यार्थी पनि थिए । संक्रमणको पुष्टि भएपछि प्रशासनले कोट हथियाललाई तालाबन्दी गर्यो र निकास तथा प्रवेश बिन्दुमा पुलिस तैनात गर्यो । एएसपी अमानुल्लाहले एक विज्ञप्ति जारी गरी जिल्ला प्रशासनले उक्त क्षेत्रका सबै बासिन्दाको परिक्षण लिने बताए । किराना पसल, दूध पसल र बेकरी बाहेक सबै पसलहरु त्यहाँ पनि बन्द गरिएको छ । संक्रमण फैलिएको भनिएको राईविन्डको टेलेगीजमातमा भाग लिने विदेशी प्रतिनिधिमण्डल समेत पाकिस्तान आएका थिए । त्यस कारण त्यहाँबाट संक्रमणको यस्तो भयावह नतिजा फैलिएको हो । आक्रान्त मानिसहरु थप संक्रमणहरु पुष्टि नहोस भनेर कामना गरिरहेका छन् ।

चिनबाट कारोनाको संक्रमण विश्वमाझ छैरिदै गरिएको सयममा नेपाललाई भाग्यले नै बचाएको छ ।दक्षिण कोरियाको एक चर्चमा पुगेकि एक संक्रमित महिलाका कारण लगभग ५हजारमा कोरोना सरेको थियो ।यसै क्रममा नेपालमा भने सरकार लापारवाह र मुस्लिम समुदायका अगुवाहरु निस्फििक्रि छन् । सरकारले आफ्ना लाखौं मुस्लिम जनता र मुस्लिम धार्मिक अगुवाहरुले अनुयायी धर्मावलब्मीहरुलाई जोखिममा पार्नबाट रोकेनन । जति बेला चिनको बुहानप्रन्त्मा कोरोना भइरसको संक्रमणले हाहाकार मचाइरहेको थियो ।

त्यति बेला यहाँ सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा मुसलमान समुदायको धार्मिक सम्मेलन इस्तामा भइरहेको थियो । सरकारले अन्तराष्ट्रिय स्तरमा भारी खतराको रुपमा आउनै लागेको कोरोना माहामारीबारे रतिभर पनि सचेत नभएको पुष्टि गर्छ ,यस घटनाले । समसामयिक अन्तराष्ट्रिय घट्नाक्रममा चाँसो राख्ने र बिश्लेषण गर्ने तिर नेपाल कति पिछडिएको रहेछ भन्ने कुराको ज्वलन्त उदहारण हो यो ।

अर्कोतिर शताब्दियौं देखि धर्मको राजनीतिक प्रयोग र राजनीतिमा धर्मको प्रयोग चलिरहे पछि धार्मिक अगुवाहरुले गर्ने गतिबिधिबाट बिवेकको पाटो हराएको देखिन्छ । धर्मावलम्बीहरुले आस्थापुर्वक आफ्नो कर्म निर्वाह गर्छन भने धार्मिक अगुवा र धर्म गुरुले उनीहरुको यस निश्छलपनाको फाइदा उठाउछन् । एउटा बिज्ञप्ति जारी गरी आयोजकले पनि इस्तिमा स्थगन भएको र सारिएको घोषणा गर्न सक्थे । विदेसीहरुको सहभागीता रोक्न यस्तो महत्वपुर्ण र भब्यआयोजना स्थगनको कदमले सरकारको समेत आँखा खोल्ने सराहनिय काम गर्न सक्थ्यो ।

तर, होइन यसो गरिएन ।विदेसीहरुको सहभागी नगराइएको नाटक मंचन मात्रै गरियो । गैर इस्लामिक संगठनहरुले नेपालमा विदेशी इश्लामिक प्रभाव बढ्दो रहेको प्रदर्शनका निम्ति यो आयोजन जसरी पनि गरिएको भन्ने अथ्र्याए । खुलेर बोल्ने कुरा पनि थिएन, धार्मिक असहिष्णुताको आरोप लाग्न सक्थ्यो । उसै पनि कोरोना भन्दा खतरनाक हुन सक्ने धार्मिक द्वेश नफैलिदनु नै जाति । निर्धारित समयमा इस्तिमा त्यहाँ भयो । यसमा आउन भनिएका तेस्रो मुलुकका सहभागिलाई नल्याउन भनियो । उक्त कुरा कतिको पालना भयो वा भएन भन्ने कुराको कुनै लेखा जोखा छैन ।

जे होस त्यहाँबाट फर्केकाहरुमा संक्रमणको अवसथा के भयो ?उनीहरु यहाँ कस कसको सम्पर्कमा आए ? हजारौं संख्यामा भारतबाट पनि मानिसहरु आएका थिए त्यहाँ यसको असर के भयो ? भन्ने पश्नहरु अनुत्तरित छ । जे होस त्यसमा आएकाहरु मध्ये कसैलाई पनि कोरोना संक्रमण नभएको भए त्यो सबभन्दा राम्रो पक्षहो । तर उक्त आयोजन हुनु के जायज हो ? कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा बिश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसका मनमा अहिले भय र त्रास छ । संघीय सरकारको निर्णय अनुसार नेपाल र भारतको एक हप्तादेखि बन्द गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोनाभाइरसको संक्रमणबाट जोगिन मन्त्रिपरिषदको ताजा बैठकले लकडाउन फेरी पनि एक साता लम्ब्याएको छ । यातायात, बजार, बिहेवारी काकार्यक्रम, बैंक तथा बितीय कारोबार र देशका सबै मन्दिरहरु बन्द गरिएका छन् । मस्जिदका जिम्मेवार ब्यक्तिहरु भने सरकारको निर्देशनको पालना गराउन अझै तत्पर देखिएका छन् । बिश्वब्यापी माहामारी प्रतिको यो बेवास्ता र लापाराहीले संकट बढाउने काम नगरोस यसैमा हामी सबैको कल्यान छ । तर धर्मको नाममा हुने कुनैपनि अन्तर्राष्ट्रिय सहभागीता, भेला वा जमातको गतिविधी कति उचित छ ।यस तर्फ सबै एक पटक सोच्ने हो कि ? यो लेखकको निजि बिचार हो

Back to top