×

 

वीरगन्ज १६ चैत्र । देशभर लकडाउनको अवस्थामा पनि विभिन्न स्थानमा रहेका यात्रुहरु लिएर सवारी आएको चारवटा सवारी साधन पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले देशभर लकडाउन गरेको अवस्थामा पनि काठमाण्डौ र स्याङजाको वालिङबाट यात्रुहरुलाइ लिएर वीरगन्ज आएका चार वटा बस प्रहरीले आईतबार नियन्त्रणमा लिएको हो ।

बा २ ख ४५९४ , ना ५ ख ११०६ , लु १ ख ६८६० र प्रदेश ३–०१–००६ ख ००६६ नम्बरको सवारी सधानमा भारतीय र नेपाली गरि १ सय ४० जना यात्रु लिएर आएको गाडी प्रहरीले वीरगन्जको घण्टाघरमा नियन्त्रणमा लिएको हो । वीरगन्ज स्थित घण्टघरमा आईतबार बिहान २ बजे आईपुगेका यात्रु सहितको बसलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । चार वटै बसमा गरि १ सय २८ भारतीय र १२ जना नेपाली रहेका छन् ।

बसमा रहेका नेपालीहरुको स्वास्थ्य परिक्षण गरि उनिहरुको घर पठाइने पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले बताईन् । भारतीयहरुको पनि स्वास्थ्य परिक्षण गरि वीरगन्जमा रोक्ने बताईन् । भारतर्फको नाका बन्द रहेको र भारतमा पनि लकडाउनकै अवस्था रहेकाले उनिहरु भारत जान सक्ने अवस्था नभएका काराण क्वारेन्टाइनमा स्वास्थ्य चेकजाच गरेपछि उनिहरुलाई छाडिने बताईन् । उनीहरुको खान बस्ने प्रबन्ध भने यात्रु आफै मिलाउनु पर्ने एसपी पन्तले बताईन् ।

बस र बसका चालक सहचालकलाई भने सुरक्षा समितिको बैठकले गर्ने निर्णय अनुसार कारवाही गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए । नेपाल सरकारले लकडाउनको अवस्थामा सवारी साधन चलाए अथवा बाहिर निस्किए ६ महिना कैद र ६ सय रुपैंया जरिवाना गर्ने नियम लगाएको छ । तर, नेपालमा संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन पनि यसमा आकर्षित हुन सक्ने भएकोले परिस्थिति र अवस्था हेरेर सोही अनुसार कारवाही पनि गर्न सक्ने अनुमान गरिएको छ । साभार karobardaily.com

Back to top