×

 

वीरगन्ज १६ चैत । सोमबारबाट बीरगन्जको मिनाबजारस्थित तरकारी बजार बन्द हुने भएको छ । सो तरकारी बजारमा दिनुहँ अत्याधिक भिडभाड हुने गरेकाले सोमबारबाट त्यहाँ तरकारी पसल खोल्न नदिइने सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

भिडभाड भएकै ठाउँबाट कोरोनाको संक्रमण फैलने खतरा भएको हुदाँ यस्तो निर्णय लिनु परेको उनको भनाई छ । सर्वसाधारणलाई भिडभाड नगरी दुरी कायम गरेर मात्र किनमेल गर्न बारम्बार आग्रह गर्दा पनि बेवास्ता गरिएकाले प्रशासन यस्तो निर्णय लिन बाध्य भएको बस्नेतले बताए ।

Back to top