सरकारले स्वास्थ्यकर्मीको जीवन बिमा अनिवार्य रुपले गर्नुपर्ने नेता चौरसियाको माग

450

 

वीरगन्ज, १६ चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय चौरसियाले सरकारले विश्वभरी फैलिएको कोरोनाको महामारीको विषम परिस्थितिमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको यथाशिघ्र जीवन बिमा गर्नुपर्ने माग गरेका छन् । संक्रमितको व्यक्तिहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीकै जीवन जोखिममा रहेकोले उनीहरुको जीवन बिमा सरकारले अनिवार्य रुपमा गर्नुपर्ने उनको भनाई छ ।


स्वास्थ्यकर्मीको लागि सरकारले प्रयाप्त जिवन विनाको सक्दो चाडो गर्नु पर्ने उनको माग छ । साथै, उपचारमा खटिने स्वास्थ्यकर्मीको पोशाक पीपीईको अभावमा जोखिम मोलेर कसैले पनि काम गर्न नसक्ने भएको हुदाँ सरोकारवालाले त्यस्तो पोशाक उपलब्ध गराउनुपर्ने चौरसियाले बताए ।

यस्तै, सरकारले गरेको लकडाउन पालना आम जनताले गरिरहे पनि, गरिब, असहाय तथा दैनिक ज्यालादारी गरेर बिहान बेलुका छाक टार्ने मजदुरहरु बिचल्लीमा परेको चौरसियाले बताए । लकडाउनमा बीरगन्ज लगायतका देशैभरीका मजदुरलाई निकै कठिनाई भइरहेको तथा खानपिनको अभाव भइरहेको भन्दै चौरसियाले तिनै तहको सरकारले यस विषयमा गम्भीर हुनु पर्ने धारणा व्यक्त गरे । त्यस्ता वर्गका लागि सरकारले तुरुन्त राहत प्याकेज उपलब्ध गराउनु पर्नेमा उनले जोड दिए ।

यात्रा डेलीसँग कुराकानी गर्दै पूर्व मन्त्री चौरसियाले कोरोनाको संक्रमणबाट बच्न सबै देशबासीलाई घरमै बस्न आग्रह गर्दै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले दिएको सल्लाह सुझावको अवलम्बन गर्न पनि अनुरोध गरे । केन्द्रिय सदस्य चौरसियाले महामारी विरुद्धको यो लडाईमा सत्तापक्ष र प्रतिपक्षको भावनालाई भुलेर देशका सबै शक्ति मिलेर लडाईमा होमिनुपर्नेमा जोड दिए ।