×

वीरगञ्ज, चैत्र १४ - नेपाल प्रबेश गर्न नदिए पछि भारतियहरुको एक समुहले प्रहरी माथी नै हातपात गरेका छन् ।

पर्साको ग्रामिण क्षेत्रको खुल्ला सिमा नाका भएर प्रबेश गर्न खोज्ने ४/५ जना भारतियहरुको समुहले प्रहरी चौकी प्रसौनी भाठाका डिउटीमा खटिएका प्रहरीमाथि हातपात गरेका हुन ।

बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनी भाठा स्थित मधुवाको खेतबारीको खुल्ला सिमा भएर तिनीहरु नेपाल प्रबेश गर्न खोजेका थिए । लकडाउनको समयमा जबर्जस्ती नेपाल प्रबेश गर्न खोज्नेलाई प्रहरिले रोक्न खोज्दा उल्टै प्रहरीमाथी नै हातपात गरे पछि ति मध्येका एक जनालाई पक्राउ गरिएको र अरु भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

भारत बिहार पुर्वि चम्पारण कुकुहिया १३ निवासी ३५ वर्षिय अवधेश महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताउनुभयो । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

Back to top