साबुन, सेनिटाईजर र माक्स लिएर घर घरमा पुगे अध्यक्ष आलम

207

 

वीरगञ्ज १३ चैत्र । विश्व भरी फैलिएका महामारीको रुपमा कोरोना भाईरसलाई मध्य नजर गर्दै आज पर्सा गढीनगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलमको नेतृत्वमा घर घरमा पुगी हात धुने डिटवल साबुन, सेनिटाईजर, माक्स, गल्फस वितरण गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचनका लागि यो सामग्री वितरण गरिएको अध्यक्ष आलमले बताए ।


उक्त कार्यक्रममामा साबिक वडा नं १ देखि ९ र हालका वडा नं ५ का सम्पुर्ण महिला स्वास्थ्य स्वयं सेवका हरुलाई वडा अध्यक्ष आलमले घर घरमा पुगी माक्स वितरण गर्ने र यो विश्व भरी फैलिएका महामारी कोरोना भाईरसबाट आफु बाचे र अरुलाई बचाउने जस्ता पोष्ट पम्पलेट बाड्ने अध्यक्ष ले निर्देशन समेत दिएको थिए ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय एकटंगाका सहायक प्रहरी निरीक्षक, स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज देव गिरी, वडा सदस्य योगेन्द्र साह, सतिया देवी, धुरुप राय भर स्वास्थ्यकर्मी सुमन चौधरी स्थानीय समाजसेवी अशोक यादव लगायतको सहभागिता रहेको थियो ।