×

वीरगञ्ज, चैत १२ -विश्वव्यापी महामारीको रुपमा फेलिएको (कोभिड–१९)कोरोना भाईरसबाट बच्न पर्साको पकहामैनपुर गाउँपालिकाले १० बेडको क्वारेन्टाईन बनाउने तयारी थालेको छ ।

गाउँपालिकाका अध्यक्ष विजय चोरसियाको अध्यक्षतामा बसेको आक्समिक बैठकले भारतबाट धोरे र सबैठवा सिमा नाका भएर गाउ फर्किने नेपालीको लागि क्वारेन्टाईन बनाउने निर्णय गरेको हो . ।

आज गाउँपालिका कार्यालयमा ५ वटै वडाध्यक्ष र गाउपालिका अन्तरगतका सुरक्षाकर्मीको बैठकले पकहामा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयको दोस्रो तल्लामा क्वारेन्टाईन बनाईने निणृय भएको गाउपालिका अध्यक्ष विजय चौरसियाले जानकारी दिनुभयो ।

सिमा नाका पार गरेर घर फर्किने गाउँपालिका अन्तरगतका नेपालीलाई सिमा नाकामा चेकजाच गरेपछि शंका लागेमा घरमा नपठाई १४ दिन क्वारेन्टाईनमा राखेर मात्र घर फर्काईने अध्यक्ष चौरसियाले बताउनुभयो ।

अध्यक्ष चौरसियाका अनुसार १४ दिनभित्रमा यदि कसैमा कोरोना भाईरसको लक्षण देखिएमा विरगंजको आईसोलेसनमा पठाईने छ । १४ दिन क्वारेन्टाईनमा बस्ने नेपालीहरुलाई गाउपालिकाले निशुल्क खाना, नास्ताको व्यवस्था मिलाउने तथा परिवारसंग सम्पर्क हुन नदिने बैठकबाट निर्णय भएको अध्यक्ष चौरसियाले बताउनुभयो ।

Back to top