×

 

वीरगन्ज १२ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन सरकारले आज (मंगलबा) देखी लागू गरेको लँकडाउनलाई पर्सा जिल्लावासीले गम्भीरता पूर्वक पालना गरेका छन् । छिमेकी राष्ट्र भारतमा समेत कोरोनाभाइरस तीव्र रुपमा फैलिदै गएको देखेपछि यहाँ त्रासमय भएको छ ।

छिमेकी राष्ट्रको सिमामा समेत जोडिएका कारणले संक्रमणको सबभन्दा बढी नै प्रभावित हुने सम्भावना भएकोले सरकारले लागू गरेको लँकडाउँनको निर्देशनलाई गम्भीरता पूर्वक पालना गरेका छन् । स्थानिय विहानदेखि नै घरबाट ननिस्केका कारण वीरगन्ज बजार अहिले सुनसान नै बनेको छ ।

सरकारको निर्देशनलाई पालना गराउँन जिल्लाका सुरक्षा निकाय कडाईका साथ लागेका छन् । शहरको विभिन्न चौकमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने, जागरुकताको लागि माईकबाट सूचना समेत प्रभाव गर्ने काम प्रहरीले गरिरहेको छ ।

यहाँका व्यवसार व्यवसायी, पसलहरु पूर्णरुपमा बन्द भएको छ । सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि स्थानिय प्रशासनले उपलब्ध गराएको पास लिनेले मात्र आवतजावत गरीरहेका छन । जिल्ला प्रशासन कार्यालयले पत्रकारहरुको लागि प्रेस उपलब्ध गराएको छैन । सूचना विभागबाट प्रेस पास लिएकालाई रिपोटिङ्ग गर्न पाउँने पर्साका एसपी गंगा पन्तले बताए ।

लकडाउनको उलंघन गर्नेविरुद्ध प्रहरी सशक्त रुपमा पनि लागि परेको पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विरेन्द्र बहादुर शाहीले बताए । उनले भने, ‘सरकारले गरेको निर्णयको उलंघन गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम कडा भन्डा कारवाही गर्ने छौं ।’

Back to top