×

 

वीरगञ्ज ११ चैत्र । प्रदेश २ को एक मात्रै महानगरपालिका वीरगञ्जसहित मंगलबार देखि लकडाउन गरिए पनि वीरगञ्जको मुख्य सडक बाहेक अन्य स्थानमा खासै असर नपरेको देखिन्छ ।

विश्वस्तरमा बढ्दै गरेको कोरोना संक्रमणलाई मध्यनगर गर्दै वीरगञ्ज नगरलाई लकडाउन गरिए पनि मेन रोड बाहेक आज बिहान वीरगन्जको माईस्थान चौक, मिना बजार, घण्टाघर, माहवीर स्थानलगायत स्थानमा स्थानियहरुद्वारा लकडाउनको अबेहल्ना गरेको देखियो ।

महानगरपालिकाका मेयर विजयकुमार सरावगीले विश्वस्तरमा बढ्दै गरेको कोरोना संक्रमणलाई मध्यनगर गर्दै वीरगञ्ज नगरवासीआई घर बाहिर नन्सिके र रोगलाई रोकथाम गर्न सहयोग गर्न अपिल गरे पनि स्थानीयहरुले अनुरोधको अबहेलना गरेको देखीयो ।

प्रहरीले स्थानीयहरु संग लकडाउन बेला स्थानीयहरु संग घर बाहिर नन्सिकेर सहयोग गर्ने अनुरोध गरे पनि स्थानीयहरुले प्रहरी, प्रशासन र स्थानीय तहको निर्णयलाई अबहेलना गर्दै हिडडुल गर्न भने छाडेका छैनन् ।

अति आवश्यक बाहेक सबै पसल र सेवालाई बन्द गर्ने अनुरोधलाई पनि वीरगञ्जका स्थानीयए नमानेको देखिएको छ । कोरोना रोकथामका लागि सामजिक दुरी बढाउनुको विकल्प नरहेको बेला वीरगञ्जवासीले आफु र अन्यलाई पनि रोगको जोखिममा पारेका छन् ।

Back to top