×

 

वीरगंज ६ भैत । प्रदेश २ को नामाकरण र स्थायी राजधानीको लागि मंगलबार मतदान भए पनि टुंगो लाग्न सकेन् । प्रदेशको नाम र स्थायी राजधानीको लागि दर्ता भएको सबै प्रस्ताव बहुमत संख्या नपुगे पछि अस्वीकृत भयो ।

राजधानीको लागी सतारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्त रुपमा दर्ता गराएको जनकपुरधामको पक्षमा ५२ र विपक्षमा ५२ मत परेको थियो । ३ मत बदर भएको थियो । नेपाली कांग्रेसका सांसद राजेशवर साहले दर्ता गराएको वीरगंजको पक्षमा ३३ र विपक्षमा ७२ मत परेको थियो ।

सतारुढ दलले दर्ता गराएको स्थायी राजधानी जनकपुरधामको प्रस्ताव अस्वीकृत भए पछि वीरगंजको सम्भावना बढेर गएको सांसद साहले वताएका छन् । प्रदेशको राजधानी हरेक दृष्टिकोणले वीरगंज नै उपयुक्त रहेको जिकिर गर्दै सांसद साहले के भने हेर्नुस भिडियो ।

https://www.facebook.com/khabarbara/videos/603815036864548

Back to top