×

  बीरगञ्ज ६ चैत । निजी विधालयहरूको छाता संगठन प्याब्सन पर्साको आकास्मिक रूपमा बसेको बैठकले कोरोना त्रासको कारण आज देखी सबै निजी विधालय बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकारले कोरोना प्रभावको कारण चैत्र ६ गते आज विहिबार देखी हुने माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गर्ने निर्णय गरे संगै आकास्मिक रूपमा बसेको प्याब्सन पर्साको बैठकबाट एसईईको साथ साथै परिक्षा सकिसकेको र परिक्षा बाकी रहेको सम्पूर्ण निजी विधालय पनी आज देखी बन्द गर्ने निर्णय गरेको हो ।

प्याब्सन पर्साको आकास्मिक रूपमा बसेको प्याब्सन जिल्ला अध्याक्ष हरिशंकर साह, सचिव छेदिपलामा, उपाध्यक्ष पुरण प्रधान, गौतम स्कुलका सोनमलामा, जीवन ज्योती माध्यमिक बिद्यालयका शिव गुप्ता लगायतका निजी विधालयहरू संचालकहरुको सहभागिता रहेको थियो ।

Back to top