×

 

वीरगञ्ज ६ चैत । पर्साबाट भारततर्फ लैजान लागिएको २० हजार पिस मास्कसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३८ का सुलिन जैसवाल र वर्ष २६ का अजय महतो कोइरी रहेका छन् ।

कोरोना भाइरस (कोभिड १९)को बढ्दो सन्त्रासका कारण नेपालबाट मास्क खरिद गरी भारततर्फ लैजान लागिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनाले काठमाडौँबाट मास्क खरिद गरी बसमा लोड गरेर भारततर्फ लगिरहेको अवस्थामा पोखरिया नगरपालिका वडा नम्बर ४ बाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

Back to top