×

 

वीरगंज ५ चैत । हर्न र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयन हुन नसकेको वीरगञ्ज महानगरपालिकाले पुनः अर्को निर्णय गरेको छ । वीरगञ्ज महानगरपालिकामा मंगलबार बसेको बैठकले जथाभावी ध्वनि प्रदूषण गर्न नदिने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिकालाई पर्साको ग्रामिण भाग संग जोड्ने मुख्य सडकहरुका रुपमा प्रयोग हुने रानीघाट देखि घण्टाघर सडक खण्डको अवस्था यस्तो छ , यस्तो बाटोमा सवारी चलाउदा बिनाहर्ण बजाई सवारी चलाउननै गारो हुन्छ । वीरगञ्ज महानगरपालिकाले बाटो निर्माणर पुटफट न बनाए सम्म ध्वनी प्रदुषण निषेध हुन सक्दैन ।राति १० बजेदेखि बिहान ६ बजेसम्म सवारी चलाउदा कुनै किसिमको ध्वनि प्रदूषण गर्न नपाउने निर्णय गरिएको नगरप्रमुख बिजय कुमार सरावगीले जानकारी दिए । महानगरपालिकाले ध्वनी प्रदूषण गर्न नपाउने गरी ऐन यसअघि नै ल्याइसकेको छ । मेयर सरावगीले सो ऐनलाई राजनीतिक पार्टी, प्रशासन लगायत सरोकारवालासँग छलफल गरेर कडाइका साथ कार्यान्वयन गर्न खोजेको बताए । उनले चर्को आवाजमा विवाह र उत्सवमा डिजे घुमाउन नपाउने र जथा भाबी सवारी साधनमा हर्न बजाउनेलाई कारबाही गरिने बताए ।

Back to top