शुभलाभको लोभमा महानगरकी उपप्रमुख कार्कीले करोडौं मुल्यको सार्वजनिक जग्गा दिईन निजी उद्योगलाई

860


 

वीरगन्ज ५ चैत । पर्साको वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३० मा रहेको सार्बजनिक ऐलानी जग्गालाई बाटोको रुपमा प्रयोग गर्न दिने निर्णयको स्थानीयबासीहरुले बिरोध गरेका छन्।

सुख्खा बन्दरगाह परवानीपुर सडकखण्ड छेउमै रहेको २ बिघा ५ कठ्ठा सार्वजनिक पर्ती जग्गा , महानगरकी उपप्रमुख शान्ति कार्की संयोजक रहेको न्यायिक समितिले लालपर्साकै युनाइटेड लोजिष्टीक नेपाल प्रालिलाई बाटोको रुपमा प्रयोग गर्न दिने फैसला गरेको हो ।



वीरगन्ज ३० मा रहेको कित्ता नम्बर ७ को सार्वजनिक जग्गामा उद्योगले बाटोको रुपमा प्रयोग गर्नका लागि गत कात्तिकमा माटो पुर्न थालेपछि स्थानीयले विरोध गर्दै स्थानीय प्रशासनमा उजुरी दिएका थिए ।

गत फागुन १२ गते महानगरको न्यायिक समितिले वडा नम्बर ३० स्थित परवानीपुर ड्राईपोर्ट सडक खण्ड अन्र्तगत रहेको किता नम्बर ७ को जग्गालाई बिशाल ग्रुपको युनाईटेड लोजेस्टिक कम्पनी प्रालिलाई बाटोको रुपमा प्रयोग गर्न निर्णय गरिसकेको छ।सोही निर्णयलाई सच्याउनुपर्ने तथा ऐलानी सार्बजनिक जग्गाको संरक्षण गर्नुपर्ने भन्दै स्थानीयासीहरु विरोध गरेका हुन।

परवानीपुर ड्राइपोर्ट सडक खण्डमा पर्ने करौडौ मुल्य पर्ने करिब ३० कठा ऐलानी सार्बजनिक जग्गा उद्योगलाई बाटोको रुपमा प्रयोग गर्न नदिने अडानमा स्थानीबासीहरु छन्।

निर्माणाधिन अवस्थामा रहेको उद्योगलाई बाटोको रुपमा जग्गा प्रयोग गर्न दिने निर्णयले सो किता नम्बर अन्र्तगत रहेको अरु जग्गामा अतिक्रमणमा पर्न सक्ने वडा नम्बर ३० का स्थानीय मनोज यादवले बताए।

उनले निर्णायक समितिको निर्णयले गर्दा सो किताको जग्गा अतिक्रमणमा पर्ने भएकोले त्यसलाई सच्याउनुपर्ने माँग समेत गरेका छन्।‘ऐलानी सार्बजनिक जग्गामा उद्योगलाई बाटोको रुपमा प्रयोग गर्न दिनु हुदैन’, यादवले भने,‘यसरी उद्योगलाई दिदा पछि त्यो किता अन्र्तगत रहेको जग्गाहरु अतिक्रमणमा पर्न सक्छन।

’उनले उद्योगलाई बाटोको रुपमा जग्गा प्रदान गरेर सार्बजनिक ऐलानी जग्गालाई उद्योगलाई बाटोको रुपमा प्रयोग गर्न दिएर कुनै ब्यक्ति बिशेषलाई प्रयोग गर्न छुट दिएको जस्तै भएकोले निर्णायक समितिको निर्णय सच्याउनुपर्ने अडान राखे।

‘ऐलानी जग्गा कुनै ब्यक्ति बिशेषले प्रयोग गर्नु ठिक होईन,यादवले भने,हाम्रो वडामा रहेको ऐलानी जग्गा सार्बजनिक हितको लागि प्रयोग हुनुपर्ने मेरो अडान हो।’यस्तै सो निर्णयले सार्वजनिक ऐलानी जग्गाको संरक्षण हुन नसक्ने भएकाले त्यसको विरोधमा आफू रहेको वडा नम्बर ३० का वडा सदस्य रामबाबु साहले बताए।

उनले पुर्खौदेखि सँरक्षित रहदै आएको सार्बजनिक जग्गालाई महानगरकी उपप्रमुख शान्ति कार्की संयोजक रहेको न्यायिक समितिले उद्योगलाई बाटोको रुपमा प्रयोग गर्न दिदा वडामा दाह सँस्कार गर्ने ठाउँ पनि नरहने वडा सदस्य साहको भनाइ छ।उनले यदि ऐन कानुनले जग्गा उद्योगलाई दिने नियम भए दिन सकिने तर गैरकानुनी तरिकाले दिन नमिल्ने भन्दै निर्णको बिरोधमा रहेको बताए।

‘सार्बजनिक जग्गा जमिन कसैलाई दिने भनी अधिकार कसैलाई छैन,साहले भने,त्यही कारण हामीहरु न्यायिक समितिको निर्णय बदर होस भन्ने पक्षमा छौ।’यता वडा नम्बर ३० का वडाध्यक्ष अमानत अन्सारीले ऐलानी जग्गा कसैलाई दिने भन्ने पक्षमा आफु पनि नरहेको जिकिर गरे।

उनले ब्यक्तिगत प्रयोगको लागि आफू एक इन्च सार्वजनिक जग्गा पनि कसैलाई नदिने पक्षमा रहेको बताए।‘सार्बजनिक जग्गा ब्यक्तिलाई एक ईन्च पनि दिने पक्षमा म छैन,अन्सारीले भने,म पनि आफनो वडामा रहेका सार्बजनिक जग्गा सँरक्षणको लागि लागेको छु।

’बिरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले पनि न्यायिक समितिको निर्णय सच्याइने बताए।उनले सार्बजनिक जग्गा उद्योगलाई बाटोको रुपमा प्रयोग गर्न दिने न्यायिक समितिको निर्णयको बारेमा छानबिन भइरहेको र उद्योगलाई सार्बजनिक जग्गा बाटोको रुपमा हालका लागि प्रयोग गर्न नदिने जानकारी दिए।

‘अहिले छानबिन भइरहेको छ समितिको निर्णयको बारेमा,सरावगीले भने, ‘उद्योगलाइ सार्वजनिक जग्गा प्रयोग गर्न हालका लागि रोक लगाएका छौ।’