×

 

बिरगञ्ज ४ चैत । बिरगञ्ज बसपार्क स्थित बिभिन्न होटेल तथा खाजाघरबाट प्रहरीले यौनजन्य अबैध गतिबिधीमा सँलगन रहेको ६ जना महिलालाई सोमबार साझँ पक्राउ गरेको छ । बिरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित नयाँ बसपार्क स्थित बिभिन्न होटेल तथा खाजाघरमा छापमारी गरि प्रहरीले ६ जना महिलालाई नियन्त्रणमा लिएको हो ।

बसपार्क्स्थित बिभिन्न होटेलहरुबाट अबैध गतिबिधीमा सँलगन ६ जना महिलाहरुलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक बिरेन्द्र शाहीले जानकारी दिए । बसपार्क्स्थित बिभिन्न होटेलहरुमा यौनजन्य अबैध गतिबिधीमा सँलगन रहेको आरोपमा उनीहरुलाई पक्राउ गरि अनुसन्धान भइृरहेको शाहीले बताए ।

बसपार्कस्थित होटेल तथा खाजाघरहरुमा अबैध यौनजन्य क्रियाकलाप संचालन हुदै आएको स्थानीयहरुले गुनासो गरे पछि पर्सा प्रहरीले छापामारी गरेको हो ।

Back to top