×

 

वीरगंज ३ चैत्र । बी.आर.आयल मिल्स भरतपुर राजस्थानका संचालक जय गोयलले अन्नपूर्णा भेजिटेबल प्रा.लि.का संचालकहरुको आफ्नो ट्रेडमार्क चोरी गरेर घटिया गुणस्तरको तेल रानी ब्राण्डको नाउँमा बेचिरहेको आरोप लगाएका छन् ।

गोयलले आफ्नो लोकप्रिय ब्राण्ड रानीको हुबहु नक्कल गरेर पैकेटमा सानो अक्षरमा ए.भि.पी. लेखेर ग्राहकलाई धोखा दिई नक्कली रानीका संचालकहरुले उपभोक्ताहरुलाई ठगी रहेको आरोप समेत लगाए ।

आफ्नो कारखानाबाट उत्पादित कच्ची घानी तेल थोरै तापक्रममा गरम गरेर उत्पादन गरेकोले तेलमा हुनुपर्ने सम्पूर्ण पौष्टिक तत्व बरकरार रहने गरेको तर नेपाली रानी ब्राण्ड तेल पाम आयलमा सरसोको एसेन्स मिसाएर निर्मँण हुने भएकोले उपभोक्ताको जिउ धन नोक्सानी हुने गरेको र कच्ची घानी विशुद्ध हिन्दी शब्द भएकोले अन्नपूर्णा भेजिटेबल प्रोडक्टस्का संचालकहरुले उपभोक्ता ठग्न यसको प्रयोग गरेको जय गोयलको भनाई रहेको छ ।

अन्नपुर्णा भेजिटेबल प्रोडक्टस्को ठगी धन्धाको बारेमा रक्सौल स्थित आफ्नो अधिकृत बिक्रेता मार्फत जानकारी भएपछि जनचेतनाको निम्ति पर्चा निकालेको र अन्नपुर्णा भेजिटेबलका संचालक प्रभुदयाल कन्दोईसंग कुरा गरेर यस्तो ठगी धन्धामा नलाग्नुस भनेर आफुले आग्रह समेत गरेको जय गोयलले बताए ।

अन्नपुर्णा भेजिटेबल प्रोडक्टस्द्वारा उत्पादित रानी ब्राण्डको तेल वीरगंज र कलैयामा नपाउने तर नेपालको दुरदराज पहाडी इलाकाका उपभोक्ताहरुलाई ठग्न यसका संचालकहरुले यस्तो हर्कत गरेको गोयलको कथन रहेको छ । यस सन्दर्भमा अन्नपुर्णा भेजिटेबलका प्रभुदयाल कन्दोईसंग बुझ्दा उनले नेपालको कानून अनुसार आफुले सम्पूर्ण प्रक्रिया पुरा गरेर स्वस्थ्यकर तेल उत्पादन गरेर बेचिरहेको बताउनु भयो । साभार ankushdaily.com

Back to top