×

 

वीरगंज १ चैत । बीरगंजबाट भारतको बैष्णीदेबी दर्शन गर्न २४ गते आएका नेपालीहरु तीन दिन देखी कटरामा भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरसले गर्दा भारतीय प्रहरीले सुरक्षा सतकर्ता अपनाउदै एक दर्जन भन्दा बढी नेपालीहरुलाई कटराको धर्मशालामा उच्च निगरानीको साथ राखी नियमित स्वाथ्य परीक्षण गरीरहेको हो ।

उनीहरुको सुरक्षाकर्मीहरु निगरानीमा स्वाथ्यकर्मीहरु ज्वरो, रुघा, खोकी उच्च रतmचाप परीक्षण गरीरहेको एक दर्शनार्थी बताए । नेपालीहरु माथी भारतीय प्रहरीले कुनै किसीमको दुब्र्यहार नभएको बीरगंज महानगरपालिका वडा नं ७ निवासी अवदेश मिश्रले बताएका छन नेपाली दर्शनार्थीहरु कटरा रेल्बेमा उत्रिदा नै भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । कटरामा राखेका नेपालीहरुलाई १४ दिनपछि मात्र स्वाथ्य परीक्षण गरी छाडिने भारतीय प्रहरीले बताएका छन ।

Back to top