×

 

जनकपुरधाम ३० फागुन । विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला २ नम्बर प्रदेशको प्रदेश सभामा मन्त्रीदेखि सांसदसम्म मास्क लगाएर उपस्थित भएका छन् ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल तथा सांसदहरू सरस्वती चौधरी, प्रह्लाद गिरी, आशियादेवी थरुनी लगायत मास्क लगाएर बैठकमा उपस्थित भएका हुन् ।मुख्यमन्त्रीसँगै बसेका मन्त्री सोनलले निलो रंगको सर्जिकल मास्क लगाएका छन् ।

अधिकांशले सर्जिकल मास्क नै लगाउँदा केही सांसदले भने कपडाको मास्क पनि लगाएका छन् ।चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वभर फैलिसकेको छ ।

यसका कारण मृत्यु हुनेको संख्या ४ हजार ९ सय ९० पुगेको छ ।नेपालमा भने एक जनामा कोरोना संक्रमण पुष्टि भएपनि उनी निको भइसकेको दाबी सरकारले गरेको छ ।शंका लागेर परीक्षण गरिएका अन्यमा भने कोरोना संक्रमण पाइएको छैन ।

Back to top