×

 

वीरगंज ३० फागुन । वीरगंजमा कोरोना भाइरस उपचार कक्ष स्थपना भएको ३ साता वितिसक्दा पनि चिकित्सक विहीन छ । नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनको तल्लो तलामा एआरटी शाखा छेउमा पाँच बेडसहितको कोरोना भाइरस उपचार कक्ष स्थपना गरिएको छ ।

३ साता अघि स्थापित आइसोलेशन वार्डमा हालसम्म चिकित्सक उपलब्ध छैन । उक्त कक्षमा हालसम्म कोरोनको शङ्कास्पद बिरामीहरू पनि नआएको अस्पतालका चिकित्सकहरूले बताएका छन् । तर कुनै बेला त्यस्तो बिरामी आइपुगेमा के गर्ने, कसले डिउटी दिने भन्नेबारे अझै अन्योल रहेको उनीहरूले बताए ।

कोरोना भाइरस (कोभिड–१९) मानव शरीरमा प्रवेश गरेमा रोगको लक्षण देखा पर्न १० देखि १४ दिन लाग्ने चिकित्सकहरूले बताएका छन् । रूघा, खोकी, ज्वरो र श्वास–प्रश्वासमा समस्या नै यसको मुख्य लक्षण हो ।

चीनको हुबेई प्रान्तको बुहान शहरबाट शुरू भएको कोरोन भारतको दिल्ली, केरला, लखनऊलगयात शहरमा सङ्क्रमित फेला पर्दै गएका छन् । नेपाल भारत खुला सीमाको कारण सीमा नाका हुँदै नेपाल भित्रिने आशङ्का बढ्दै गएकोले सतर्कता अपनाउन र पूर्व तयारी अवस्थामा रहर्न स्वस्थ्यकर्मीहरूको जोड छ ।

विश्वा स्वास्थ्य सङ्गठनले हालै जारी गरेको प्रतिवेदनमा समेत नेपाललाई कोरोनाको जोखिम सूचीमा राखेको छ । नारायणी अस्पतालमा स्थापित कोरोना भाइरसको उपचार वार्डमा चौबीसै घण्टा चिकित्सक रहने र बिरामी आइहाले उपचारको व्यवस्था तत्कालै शुरू हुने अस्पताल व्यावस्थापन पक्षको दाबी छ ।

Back to top