×

 

वीरगन्ज २७ फागुन । बाराको जीतपुर बजारबाट प्रतिबन्धीत बिप्लव नेतृत्वको नेकपाका एक कायृकर्ता पक्राउ परेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा निवासी ईन्द्र बहादुर नकडोली (परियार) लाई उनले प्रयोग गर्ने बा २७ प १९९१ नम्बरको मोटरसाईकलसहित पक्राउ गरिएको ईलाका प्रह्री कार्यालय सिमराले जनाएको छ ।

उनको साथबाट बिप्लब समुहसँग सम्बन्धीत पर्चा पम्प्लेट, किताव, डायरी, बिभिन्न कम्पनीका मोबाईल ६ थान र नेपाल टेलिकमको ६ थान सिमकार्ड समेत बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए ।

नकडोली विप्लव समुहको नारायणी ब्युरो सदस्य तथा बारा जिल्ला ईन्चार्ज समेत रहेको खुलेको पुरीले बताए । प्रहरीका अनुसार केहि समयअघी बाराको पिलुवास्थित एनसेल टावरमा भएको आलगागी घटनामा संलग्न रहेको पाईएको छ ।

साथै बिभिन्न ब्यक्तीहरुसँग चन्दा असुलीमा समेत उनको संलग्नता रहेको पाईएको प्रहरी नायब उपरिक्षक पुरीले बताए ।

Back to top