×

 

वीरगन्ज २४ फाल्गुन । नेपाल र भारतका लागि अजरबैजानका राजदूत डाक्टर असरर्फ शिखालिएवले नेपाल र अजरबैजानले दुईपक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नुपर्ने बताउनुभएको छ ।

पाठशाला नेपाल र एडभान्स ग्रुपले वीरगन्जको दियालो लर्ड्स होटलमा आयोजना गरेको सम्मान तथा परिचयात्मक कार्यक्रममा नेपाल र अजरबैजान भौगोलिक रुपमा समान रहेकोले यसको फाईदा दुवैदेशले लिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल कृषि र पर्यटनमा संभावना भएको देश रहेकोले यहाँबाट जडिबुटी उत्पादन गरेर अजरबैजान निर्यात गर्दा आर्थिक समृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । अजरबैजान २० बर्षअघि ४५ प्रतिशत गरिबीको रेखामुनी रहेको बताउदै उहाँले अहिले ७५ प्रतिशत सूचना प्रविधितको पहुँचमा पुगिसकेको र शतप्रतिशत साक्षरता रहेको बताउनुभयो ।

उहाँले देशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि शिक्षा र सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । पाठशाला नेपालका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले नेपालमा कृषिजन्य उत्पादनका उद्योगहरुमा प्रचुर संभावना भएकोले अजरबैजानले कृषिक्षेत्रमा लगानी गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो ।

एडभान्स ग्रुपका अध्यक्ष अरुण कुमार कर्णले स्वागत गरेको कार्यक्रममा उद्योगी गणेशलाठले सहजीकरण गर्नुभएको थियो । परिचयात्मक कार्यक्रममा वीरगन्जका उद्योगी व्यवसायी, राजनीतिककर्मी तथा संचारकर्मीहरुले अजरबैजानले प्राप्त गरेको सफलता र त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक विकासको बारेमा जिज्ञासा राखेका थिए ।

Back to top