×

वीरगञ्ज - प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले समाजिक सद्भावको लागी भागवत आवश्यक रहेको बताएका छन ।

विहिवार सर्लाहीको चक्रघट्टा गाउपालिका स्थित सुन्दर बजारमा आयोजित श्रीमद् भागवत सप्ताह कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री सोनले समाजिक सद्भाव कायम गरी समाजिक एकताको अवश्यता रहेकोमा जोड दिएका छन ।

उनले समाजिक जीवनका लागी भागवत अवश्यक रहेको वताउदै धर्म र आस्थाले मानव जीवनलाई सफल वनाउने भएकोले भागतवत आवश्यक रहेको वताए ।

मुलुकको आफनो पहिचान संस्कार र संस्कृति रहेकोले यसलाई जिवीत राख्नका लागि पनि यस किसीमका कार्यक्रम आवश्यक रहेको वताए ।कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा स्थानीय निकायमा जनप्रसितनिधि, सघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु ल्गायतको उपस्थिति रहेको थियो । भागवतमा हजौरो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।

Back to top