×

जनकपुरधाम फागुन २० - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार विरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

वीरगञ्ज चिनी मिलको जग्गा बिक्री संघीय सरकारको निर्णयविरुद्ध मुख्यमन्त्री राउतले अदालत जाने चेतावनी दिएका हुन् ।

मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा राउतले वीरगञ्ज चिनी मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो बिक्री गर्ने निर्णय गरेर प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाए ।

‘संघीय सरकारले पटक पटक प्रदेशको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै संघीयताको मर्मलाई समाप्त पार्न खेलमा लागेको छ, मुख्यमन्त्री राउतले भने, ‘वीरगञ्ज चिनी कारखाना बेच्ने संघीय सरकारको न्रिने विरुद्ध हामि अदालत जान्छौं ।’

संघीय सरकारले केही दिनअघि वीरगञ्‍ज चिनी मिलको ६ विघा जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । चिनी मिल हाल बन्द अवस्थामा छ । प्रदेश २ सरकारले यसअघि सागरनाथ वन परियोजनासम्‍बन्धी संघीय सरकारको निर्णयविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

Back to top