×

 

वीरगंज, १५ फागुन । भारत उतराखण्ड राज्य पिथौरागढ निवासी शंकर मितल माथि झुठो विवरण पेश गरी नागरिकता लिएको बारेमा बारा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र सो सम्बन्धमा कारवाही अगाडी बढाएको बताइन्छ ।

वीरगंज महानगरपालिका वडा नं। ९ बाट ४० वर्षको उमेरमा ४५ वर्ष देखि बसोवास गरेको झुठो कागज प्रमाणित गराएर बारा जिल्ला सदरमुकाम कलैया नगरपालिका वडा नं। ४ बाट जन्मको आधारमा २०६३ सालको नागरिकता टोलीबाट नेपाली नागरिकता लिएका भारतीय नागरिक मितल माथि सम्बन्धित निकायबाट कारवाही अगाडी बढाइएको छ ।

मितल विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा उजुरी परे पनि मुद्धा फाटमा कार्यरत कर्मचारी अरुण साहको सहयोगमा मितलको पक्षमा सिंगो जिल्ला प्रशासन कार्यालय बारा खटेको छ ।

भारत उतराखण्ड राज्य पिथौरागढ जन्म स्थल भएका मितलले २०६३ सालमा बारा जिल्ला तत्कालिन कलैया नगरपालिका वडा नं। ४ बाट झुठो विवरण पेश गरी जन्मको आधारमा नेपाली नागरिकता लिएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बारा र गृह मन्त्रालयमा समेत उजुरी परेको छ । साभार ankushdaily.com

Back to top