×

 

वीरगंज, १५ फागुन । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको आयोजनामा १४ औं चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सो वृक्षारोपण कार्यक्रम ग्रीन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको हो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका विष्णु कुमार कार्की रहनु भएको थियो ।

प्रजिअ कार्कीले आदर्शनगरको पानीटंकीको विभिन्न स्थानको सडकपेटीमा वृक्ष रोपी पानी हाली कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो वृक्षारोपण कार्यक्रम ग्रीन सिटी आदर्शनगरको सडकपेटीबाट शुरु गरी पुनः ग्रीन सिटी सामुदायिकमा पुगेर सम्पन्न भएको थियो । सो वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका ६० बिरुवाहरु रोपिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अनिल रुंगटा, भारतीय महावाणिज्य दूतावास पर्साका नितेश कुमार, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गंगाा पन्त, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज महानगरपालिकाका दिपेन्द्र कुमार, पर्सा ट्राफिकका प्रहरी निरिक्षक कमलराज पंडित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह, वडा प्रहरी कार्यालय, आदर्शनगर प्रहरी चौकीका प्र. ना. नि. सुर्य नारायण चौधरी, रुंगटा वेलफेयर सोसाइटीका सुरेश रुंगटा, नेपाल कांग्रेसका नगर अध्यक्ष भोला कलवार, ग्रीन सिटी सामुदायिकका मुकेश खेतान, मुर्ली जालान, ज्योती रुंगटा लगायत संचारकर्मी र स्थानीय भद्रभलादमी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Back to top