×

वीरगञ्ज, फागुन १४ - संस्कृती, समर्थ नेपाल र कोड फोर नेपालको संयुक्त आयोजनामा भएको ३ दिने सेनेटरी प्याड बनाउने प्रशिक्षक परिक्षण (टिओटी) सम्पन्न भएको छ । वीरगञ्जस्थित काभेरी एकेडमीमा मङ्गलबार एक कार्यक्रम बीच ३ दिने पुन: प्रयोग्य सेनेटरी प्याड बनाउने टिओटी र महिनावारी तथा प्रजनन स्वास्थ्य बारे अभिमुखीकरण सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महिलाहरुको क्षमता बिकास भएमा समाज आफै बिकास हुने बताउनुभयो ।

प्रजनन स्वास्थ्य तथा महिनावारीका विषयमा अब समाजमा खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना गर्नुपर्ने बताउँदै नगर प्रमुख सरावगीले यसको शुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख सरावगीले संस्कृतिले गर्ने हरेक क्रियाकलाप सह्रायिन भएको हुँदा आगामी कार्यक्रमहरुमा महानगरपालिकाले पनि सहकार्य गर्न प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

समर्थ नेपालकी प्रियाशा महर्जन र सुरुवी रेग्मीले प्रशिक्षण दिनुभएको टिओटीमा २० महिला र युवाहरुको सहभागिता रहेको संस्कृतीका किरण गिरीले बताउनुभयो । उहाँले तालिममा सहभागीहरुलाई कपडाबाट प्याड बनाउने प्रक्रियाका बारेमा सिकाउनका साथ महिनावारी र प्रजनन स्वास्थ्यबारे विभिन्न विषयमा जानकारी समेत गराईएको बताउनुभयो ।

गिरीले तालिममा बनाईएको सेनेटरी प्याड बजार भन्दा सस्तो, शुरक्षित र वातावरण मैत्री भएको समेत जानकारी गराउनुभयो । बजारमा उपलब्ध सेनेटरी प्याडहरु महिलाहरुको स्वास्थ्यका लागि समेत प्रतिकुल भएको बताउदै गिरीले कपडाले बनेको पुन: प्रयोग्य सेनेटरी प्याड विभिन्न चिकित्सकहरुले पनी सिफारी गर्ने जानकारी गराउनुभयो ।

संस्कृतिकी अध्यक्ष शैली चौधरीको अध्यक्ष्तामा भएको कार्यक्रममा काभेरी एकेडमीका सञ्चालक तथा व्यवसायी श्याम तुल्स्यान, संस्कृतीका हिमांशु बरनवाल, शशिकान्त सर्राफ, विवेक बरनवाल, आयुष पोख्रेल, रोहित गुप्तालगयातको उपस्तिथी रहेको थियो भने कार्यक्रम सञ्चालन संस्कृतीका कार्यक्रम संयोजक आशु कुमार सर्राफले गर्नुभएको थियो ।

Back to top