×

 

पोखरा १३, फागुन । यूवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) ले पोखराको सहारा क्लव द्धारा संचालित सहारा एकेडेमीको लागि बार्षिक रुपमा ५ लाख रुपैया उपलब्ध गराउन रातो कितावमै पार्ने बताएकाछन्। सहारा एकेडेमीको मंगलबार पोखरामा अवलोकन गर्दै मन्त्री सुनारले राज्यले गर्ने काममा निजी क्षेत्रबाट भएकोमा क्लवको प्रंसम्सा गर्दै आउदो बर्ष देखि बार्षिक ५ लाख दिने गरी रातो कितावमै पार्ने तयारी भएको बताएका हुन्।

सहारा क्लवले स्वदेश तथा विदेशी दाताको सहयोगले फुटवल एकेडेमी सहित बार्षिक रुपमा आहा रारा गोल्ड कप गर्दै आएकोमा पोखरेली हुनुको नाताले सवैलाई गर्वनुभुती भएको मन्त्री सुनारले उल्लेख गरे । प्रतिकुलताका बावजुद नेपालको खेलकुदले फड्को मारेको बताउँदै मन्त्री सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई वाचुञ्जेल मासिक ५ हजार र ओलम्पिकमा सहाभागिलाई वाचुञ्जेल मासिक ४ हजार प्रदान गर्ने गरि सरकारले निती बनाएको बताए ।

राज्यले र समाजले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउँदै उनले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कार वापतको रकम क्याविनेटले पास गरिसकेको जनाए । उनले भने “अव खेलेर बाँच्ने आधार राज्यले खडा गरिसकेको छ, अव कुनै द्विविधा छैन, खेलसंगै शिक्षा पनि आवश्यक छ ।”

मन्त्री सुनारलार्ई सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्ष विरभद्र आचार्य, विक्रम थकाली, उपाध्यक्ष विश्वराज बरालले स्वागत गरेका थिए ।

सो अवसरमा एकेडेमीमा सहारा युकेका सल्लाहाकार महेश गुरुङ, सहरा युकेका महासचिब धनु थकाली, कार्य समिती सदस्य योगेश गुरुङ, सदस्य नरजङ्ग गुरुङ्ग लगाएतले मन्त्री विश्वकर्मालाई सहारा युकेको तर्फ बाट स्वागत गरेका थिए ।

यसैबिच, मन्त्री सुनारले पोखरा रंगशालाको समेत अवलोकन गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताए । नवौं राष्ट्रिय खेलकुदको लागि पोखरा रंगशालमा हुने विभिन्न खेल मैदानको तयारीको बारेमा सदस्य गुरुङले मन्त्री सुनारलाई जानकारी गराएका थिए ।

Back to top