×

 

वीरगंज ११ फागुन । समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं संघीय सांसद प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रमअन्तर्गत आज ९आईतबार० भवानीपुरको जनतासंग भेटघाट गरेका हुन् ।

क्षेत्रभित्रका जनताको समस्या बुझी समाधानका निम्ति संसददेखी सडकसम्म सधै जनताको विकास र समृद्धिको कुरा उठाई रहने सांसद यादव आफ्नोमा पर्ने वीरगंज महानगरपालिका वडा नं। १८ भवानीपुरको समस्याबारे आज अवलोकन गरेका हुन ।

पर्सा क्षेत्र नं। १ बाट निर्वा्चित सांसद यादव ‘‘जनता दर्शन’’ कार्यक्रम अन्र्गत विभिन्न ठाउँको समस्या पहिचान गरी समाधान पनि गरिसकेका छन् । केही दिन अगाडी सांसद यादवले वीरगंज महानगरपालिका–२० अपौनीमा ४० लाखको लागतमा खेलकुद मौदान निर्माण स्थलको सिलन्यास गरेका थिए भने वीरगंज मनपाकै वडा नं। १८ मा नै पर्ने ईनार्वामा ४५ लाखको लागतमा पोखरी सौन्दर्यीकरण तथा छठघाट निर्माणस्थलको सिलन्यास गरेका थिए ।

यससंगै उनले वीरगंजको राधमाईस्थित रहेको रामजान्कि मंदिर निर्माण कार्यको पनि सिलन्यास गरेका थिए । यस्तै उनले पर्सा क्षेत्र नं। १ मा पर्ने विभिन्न गाउँ ठाउँमा संबिधानले संघीय सांसदलाई दिएको अधिकार अन्तर्गतको विकास निर्माणको कार्य गरी कम उमेरमै जनताको मन छुने लोकप्रिय, जोशिला एंव विकास प्रेमी नेताको रुपमा स्थापित हुन पुगेका छन् ।

सधै जनताको सम्पर्कमै रहने गरेका सांसद यादव खाली समयलाई पनि विशेष रुपमा सदुपयोग गर्नका लागि ‘अपनेके सांसद, अपनेकेद्धार’ नाराका साथ जनता दर्शन कार्यक्रम सुरु गरेको कार्य पर्साको इतिहासमै पहिलो हो । आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेर समस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने योजना सहितको अठोट लिई अगाडी बढिरहेको उनले गरिरहेको कार्यबाट देख्न सकिन्छ ।

यसै कार्यक्रम अन्तर्गत आज भवानीपुर गाउँमा जाँदा त्यहाँ स्कुल निर्माण, समसानघाट निर्माण, पोखरी सौन्दर्यीकरण, सडक ढलान लगायतको समस्या स्थानीयबाट आएको छ । उनले स्थानीयद्वारा आएको समस्या चाँडै नै समाधान गर्ने प्रतिबद्धता समेत दिएका हुन ।

आफू जनप्रतिनिधि भएको हुनाले जनताका हरेक समस्याको समाधान गर्ने आफु तत्पर रहेको उनले बताए । उनले भने, ‘जनता दर्शन कार्यक्रमा आएका समस्या कहाँबाट समाधान हुन्छ, त्यहाँ सम्बन्धित व्यक्ति लिएर आफै पुग्छु, चाहे केन्द्र होस्, प्रदेश होस् या स्थानीय तह नै किन नहोस् सबै ठाउँमा आफै पुगेर त्यसको समाधानका लागि प्रयास गरी आफ्नै पालामा आफ्नो क्षेत्रलाई समृद्ध देख्न चाहने सपना रहेको बताए ।

Back to top