×

वीरगञ्ज, फागुन ९ - वीरगञ्ज - १६ नगवास्थित श्री सनलाईट माध्यमिक विद्यालयले आफ्नो १४ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।

विद्यालयले आफ्नो प्राङ्गनमा एक समारोह विच वार्षिक कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका संस्थापक निर्देशक धनन्जय चौरसियाको सभापतित्वामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर शर्माले सनलाईट स्कुलबाट अरु विद्यालयहरुले परोपकारी शिक्षाको सन्देश सिक्नु पर्ने धारणा राखे ।

सामुदायिक र संस्थागत दुवै विद्यालयमा शिक्षा प्रदान गर्ने क्रममा थुप्रै चुनौति र आरोपहरु रहेको बताउदै शर्माले भने “ यो हाम्रो साझा समस्या हो, चुनौतिहरुको सामना गरि आरोपहरुलाई खण्डन गर्दे व्यवहारमुखी शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो, जुन सनलाईट स्कुलले गरिराखेको छ” ।

सनलाईट मावि प्रधानाध्यापक आलोक कुमार चौरसियाले आफुले विद्यालय खोल्दा नाफा कमाउने उद्धेश्य नराखी बालबालिकाहरुलाई असल मान्छे बनाएर देशको सेवा गर्ने योद्धा बनाउने परिकल्पना गरेको बताए । १४ औं वर्ष सम्म आइपुग्दा शिक्षाको ज्योतिबाट बञ्चित सयौँ बालबालिकालाई साक्षर बनाउन सफल भएको र आगामी दिन विद्यालयमा थप नयाँ र आधुनिक शुविधा ल्याउने उनले उद्घोष गरे ।

कार्यक्रममा बोल्दै ठाकुरराम बहुमुखी क्याम्पसका पुर्व प्रमुख ललन द्विवेदीले शिक्षा संग-संगै विद्यालयहरुले आफ्नो गाउँ समाजको संस्कार पनि सिकाउन आवश्यक रहेको बताए । उनले भने, 'पश्चिमी सभ्यताको प्रभावमा परेर हिजोआज हामिले आफ्नो संस्कार बिर्सेको छौं, आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्न विद्यालयमा त्यसको बारेमा पढाउन आवश्यक छ ।'

त्यसैगरी वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले सनलाईट माविले आफ्नो नाम जस्तै चारै तिर शिक्षाको ज्योति छरेको बताए । उनले छोटो समयमा पनि विद्यालयले आफुलाई शहर कै एक गुणस्तरीय संस्थाको रुपमा स्थापन गर्न सफल भएको बताउदै आगामी दिनहरुमा विद्यालयले आझै प्रगति गर्ने बताए ।

उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले जातजाति, भेषभुषा र राष्ट्रियता झल्कने खालका विभिन्न सांस्कृतिक नृत्य तथा संगित प्रस्तुत गर्नका साथ् कविता, निबन्द समेत वाचन गरेका थिए । कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालले बिहिबार वीरगञ्जमा आयोजना गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षाका विजेता सनलाईट विद्यालयको कक्षा ९ मा अध्यनरत निरञ्जन गुप्तालाई प्रमाण पत्र र नगद २१ हजार पुरष्कार समेत प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक आलोक कुमार चौरसियाले स्वागत गरेकाे कार्यक्रममा प्याब्सन पर्साका उपाध्यक्ष पुरण प्रधान, सचिव छेदुप लामा, नेपाल रेल्वे माविका प्रधानाध्यापक दिनेस चौरसिया, वडा प्रहरी कार्यालयका प्रमुख निर्मल पनेरु, युवा सामाजिक अभियान्ता आँशु कुमार सर्राफ, रंजित चौरसियालगयातको उपस्थिति रहेको थियो ।

Back to top