×

वीरगन्ज ९ फागुन । वीरगञ्जमा धुमधामका साथ महाशिवरात्रि पर्व मनाइँदै छ । हिन्दुहरुको परम्परादेखि चल्दै आएको शिवरात्रि पूजा वीरगञ्जमा धुमधामले मनाइएको हो । हिन्दुको महान चाडपर्वको रुपमा मानिने शिवरात्री पूजामा आज विरगञ्जस्थित अलखिया मठमा हजारौँ भक्तजनहरुको भिड लागेको छ ।

आजका दिन महिलाहरुले भगवान शिवको प्रार्थना गरी आफ्नो र आफ्नो सन्तानको रक्षाको निम्ति मनाउने गरेको भक्तजन बताउँछन् । दर्शनार्थीका अनुसार आस्था र बिश्वासले महाशिवरात्री पर्व मनाउने र मनोकामना समेत पूर्ण हुने भएकाले यो पर्व धुमधामले मनाउने गरेको बताए । विरगञ्जस्थित रहेको दर्जनौं शिव मन्दिरमा हजारौको संख्यामा महिलाहरुले पूजापाठ गरी महाशिवरात्री पर्व मनाएका छन् ।

Back to top