×

वीरगञ्ज फागुन ९ - महाशिवरात्रि पर्व आज वीरगञ्जमा धुमधामका साथ मनाइएको छ ।

राध्य देव महादेवको पूजा अर्चना गर्न एकाबिहानैदेखि अलखिया मठ मन्दिरमा व्रतालु महिलाहरूको घुइँचो लागेको थियो । शिवरात्रिको व्रत लिएपछि महादेवले मनोवाञ्छित वर दिने विश्वासले युवतीहरू व्रत शिवरात्रि व्रत बस्छन् भने पतिको दीर्घायुका लागि विवाहिताहरू व्रत लिन्छन् ।

यसैगरी आजैको दिन शिवको धुनी बाल्ने परम्परा अनुसार शहर र ग्रामीण क्षेत्रमा दाउरा–काठहरू जमा गर्ने कार्य सहित साँझ धुनी बाल्ने काम भएको थियो ।

शिवरात्रिको दिन बालिने धुनी तापे असाध्य रोगहरूको निदान हुने आम विश्वास छ । यसैले बालकदेखि वृद्धसम्म आज शिवरात्रिको दिन बालिने शिवधुनी ताप्ने गर्दछन् ।

यसै अवसरमा आज वीरगञ्जमा भगवती युवा क्लबले अलखिया मठस्थित नव निर्मित पार्कमा धुनी जलाई महाशिवरात्री मनाएको छ । क्लबका अध्यक्ष राम गोसाई र राष्ट्रिय विद्यार्थी संघका वरिष्ठ जिल्ला उपाध्यक्ष सुमित चौरसियाको संयोजकत्वमा धुनी जलाई महाशिवरात्री मनाईएको हो ।

सो अवसरमा राष्ट्रिय जनता पार्टीका नेता राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक रभी भुषण यादव, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, वडा नं. ४ का वडा अध्यक्ष जगत साहलगयातको उपस्थिति रहेको थियो ।

Back to top