×

 

वीरगन्ज ९ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्वमन्त्री डाक्टर प्रकाश शरण महतले गोकुल बाँस्कोटाको घुस मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गर्नुभएको छ ।

आज नेपाल प्रेस युनियन पर्साले बिरगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री महतले उक्त प्रकरणमा अरु पनि हुन सक्ने आशंका गर्दै निष्पक्ष छनबिनको माग गर्नु भएको हो । ‘याे प्रकरणमा बाँस्कोटा एक्लै संलग्न होला भनेर भन्न सक्ने अवस्था छैन, यसबारे सत्यतथ्य छनबिन गरेर यथार्थ बाहिर ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयाे ।

काठमाडौंमा हिजो नेपाल विद्यार्थी संघका नेताकार्यकर्तामाथी प्रहरी गरेको दमनप्रती आपत्ति जनाउँदै महतले पुलिसलाई सरकारमुखी नबनेर जनता प्रती उत्तरदायी बन्नुपर्ने बताउनुभयो ।

भ्रष्टाचारको विरुद्ध विरोध गर्दा पुलिसले लाठीचार्ज गरेको भन्दै भ्रष्टाचारको संरक्षणमा पुलिस प्रसासन नलाग्न पनि सहमहामन्त्री महतले आग्रह थियो ।

प्रधानमन्त्रीले गोकुल प्रकरणबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने पनि डा महतले माग गर्नुभयो । सरकार भ्रष्टाहरुको झुण्ड हो भन्ने उदाहरण गोकुल बाँस्कोटाको अडियो काण्डले प्रमाणित गरेको पनि महतले दाबी गर्नुभयो ।

Back to top