सशस्त्र प्रहरीका डिएसपी खत्रीको लिला राती–राती तस्करलाई लाईन दिने र सोझा निमुखा जनताको माल समातने

2086

 

वीरगन्ज ६ फागुन । सुखी नेपाली समृद्ध नेपालको नारा दिंदै आएको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको यो सरकारका कारिन्दाहरु तस्करको मतियार र किसानको दुश्मनको रुपमा देखा पर्दै आएका छन् ।


वीरगंज भन्सारमा खटेको सशस्त्रको राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र नायब प्रहरी उपरिक्षक अमर खत्रीले राती–राती तस्करहरुलाई लाईन दिने र सोझा निमुखा जनताको माल समातेर वाह–वाही लुट्ने अभियान चलाएका छन् ।

खत्री जस्ता भ्रष्टहरुको कारण वीरगंज भन्सार कार्यालयले विगत कैयौ महिनादेखि आफ्नो लक्ष्य अनुरुप राजश्व संकलन गर्न सकेको छैन । मीडियाका केही दलाल प्रवृतिका व्यक्तिहरुलाई खुसी पारेर बेला–बेलामा आफ्नो पक्षमा प्रचारबाजी गराउंदै आएका खत्री जस्ता भ्रष्ट प्रहरी अधिकृतहरुको कारणले गर्दा सरकार र किसानहरुको बीच दुरी बढ्दै गएको छ ।

बारा जिल्लाका किसानहरुले आफ्नो खेतमा उत्पादन गरेको आलु समातेर खत्रीले प्रचारबाजी गराएका छन् । सोझा–साझा किसानहरुले उत्पादन गरेको आलु बेच्न ल्याउंदा समातेर डिएसपी खत्रीले वीरगंज भन्सारलाई ट्रैक्टर सहित बुझाएपछि बारा जिल्लाका कृषकहरु आन्दोलित भएका छन् ।

प्रदेश नं। ३ को सरकारका मन्त्री सालिकराम जमरकट्टेलको श्रीमतिसंग डिएसपी खत्रीको श्रीमतिको सम्बन्ध राम्रो भएको कारण हालसम्म जोगिदै आएका भ्रष्ट खक्री जस्ता व्यत्तिमाथि बेलैमा सशस्त्र प्रहरी महानिरिक्षक सैलेन्द्र खनालले कारवाही नगरे सिंगो सशस्त्र प्रहरीमाथि मधेशमा विरोधको स्वर उठ्ने निश्चित प्रायः छ ।