वीरगंज गहवा मन्दिर नजिक रहेको बिटु किराना होलसेल पसलमा भिषण लागलगी

2329

 

वीरगंज ५ फागुन । वीरगंज महानगरपालिका वडा नं.९ गहवाको बिटु किराना होलसेल पसलमा भिषण लागलगी भएको छ ।
आज (सोमबार) दिउसको करिब डेढ बजेको करिबमा वीरगंजको माईस्थान मन्दिरको दक्षिण गल्लीमा रहेको बिटु किराना होलसेल पसलमा आगलगी भएको हो ।


आगलगीलाई नियन्त्रण गर्न वीरगंज महानगरपालिकाको दमकल र ठुलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको थियो । आगो नियन्त्रणभन्दा बाहिर गएकोले थप थमकल र सुरक्षा परिचालन गरिएको थियो आगो कसरी लागेको हो भने बारे जानकारी प्राप्त भएको छैन ।

स्थानीयका अनुसार किराना पसलमा तेल, डलडा जस्ता सामान धेरै भएकोले आगो नियन्त्रणभन्दा बाहिर गईरहेको थियो ।
पसल संचालक मनोज कुमार गुप्ताका अनुसर पसलमा ७० असी लाख बराबरको समान रहेको जानाईएको छ ।