प्रदेश नं.२ सरकारको काम दुई वर्ष बिते पनि एक वर्ष मा नै पुरा भइसकेको छ – मन्त्री सोनल

49

 

वीरगन्ज ४ फागुन । प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नं २ सरकारको कामले तीव्रता लिइसकेको बताएका छन् ।


दुई वर्ष बिते पनि एक वर्ष मात्रै काम गर्न पाएको भन्दै मन्त्री सोनलले यो अवधिमा धेरै महतवपूर्ण कामको सुरुआत भएको र त्यसले तीव्रता लिइसकेको बताए । बाँकी अवधिमा प्रदेश २ का बासिन्दाले अनुभूति गर्न सक्ने गरी विकास निर्माणका काम हुने उनले ठोकुवा गरे । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री सोनलले सो कुरा बताएका हुन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री सोनलले १ हजार १ सय ३ किलोमिटर सडक निर्माण गरेकोमा सोमध्ये ग्राभेल ३७५ किलोमिटर र कच्ची सडक ७२७ किलोमिटर रहेको विवरण प्रस्तुत गरे । प्रादेशिक लोकमार्ग निर्माणको तयारी भएको जनाउँदै मन्त्री सोनलले प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को जिल्ला सदरमुकाम जोड्ने सडक, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने सडक र दुई राष्ट्रिय लोकमार्ग जोड्ने सडक निर्माण गर्ने बताएका छन् ।

प्रदेश सरकारले आप्mनै बससेवा सञ्चालन गर्न सम्पूर्ण तयारी गरिसकेको भन्दै उनले पहिलो चरणमा राजधानी जनकपुरदेखि पूर्व राजविराज र पश्चिम वीरगंजसम्म बस सञ्चालन हुने बताए । बस सञ्चालन गर्न टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

प्रशासनिक कामका लागि जनकपुर पुग्न समस्या नहोस् भन्ने उद्देश्यले काठमाडौंको साझा बस जस्तै बसहरू खरीद गर्ने सोनलले बताए । सोको लागि पहिलो चरणमा पाँचवटा बस खरीद गरिने उनले जानकारी दिए ।

राष्ट्रिय लोकमार्ग वा प्रादेशिक लोकमार्गबाट स्थानीय तहको केन्द्र जोड्ने, जिल्ला सदरमुकामबाट स्थानीय तहको केन्द्र जोड्ने, दुई वा दुईभन्दा बढी स्थानीय तह र राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गबाट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महŒवका स्थलहरू जोड्ने सडक निर्माण कार्य मन्त्रालयले छिट्टै काम शुरू गर्ने मन्त्री सोनलले बताए ।