पटके सवारी करको नाममा हबिब मियाँको दादागिरी टैक्स, वडा अध्यक्षहरुको मिलोमतोमा रमक लिदै प्रशासन मौन ?

1603
निजी सवारी सधान संग पटके सवारी करका ठेक्दाले रकम लिएको प्रमण

 

वीरगन्ज ४ फागुन । सानालाई ऐन ठुलालाई चेन भने जस्तै उखान गरेका छन् अहिले बीरगंज महानगरपालिकाको पटके सवारी करले, नियम बिपरीत रकम उठाउदा पनि स्थानिय तहको सरकारले कुनै चासो नलिंदा बीरगंजासीहरु आश्चर्य परेका छन ।


बीरगंज महानगरपालिकाको २०७६, २०७७ सालको पटके सवारी करको ठेक्का एच एण्ड जे टे«डर्स बीरगंज वाड नं २१ का संचालक हबिब मियाँको नाममा ठेण्डर परेको हो । त्रिभुवन राजपथमा कुनै किसीमको पटके सवारी कर नलिने बीरगंज महानगरपालिका र ठेकदार बीच स्पष्ट सम्झौता भएको प्रमाण दैनिकलाई फेला परेको छ ।

महानगरपालिकाको ऐन र नियम बिपरीत पटके सवारी कर त्रिभुवन राजपथमा रकम उठाउंदा स्थानिय प्रहरी प्रशासन मौन बसेको एक कर्मचारीले भने, महानगरले तोकेको दर भन्दा बढी रकम लिएको जानकारी भएपनि बीरगंजका केही वडा अध्यक्षहरुको मिलोमतोमा दादागिरी टैक्स उठीरहेको ती कर्मचारीको भनाई रहेको छ ।

निजी सवारीसधानहरु संग कुनै किसीमको पटके सवारी कर नलिने सम्झौता भएपनि ठेक्दारले रकम लिएको पाएको छ ।
ठेक्दार एच एण्ड जे टे«डर्स बीरगंजले ६३७२७ नम्बरको काटेको रसीदमा निजी सवारी सधान संग १ सय १३ रुपैया पटके सवारी करको नाममा रकम लिएको छ ।

स्वदेशी भार बोकेको पटके सवारी कर ट्रक र अन्य हेभी गाडी ६ चक्का सम्म रु नेपाली १०० लिने, ट्रक र अन्य हेभी गाडी १० चक्का सम्म १५० रुपैया लिने, १० चक्का माथीको २०० लिने र बिदेशी भारबाहक पटके सवारी कर ट्रक र अन्य हेभी गाडी ६ चक्का सम्म नेपाली रु २०० लिने ट्रक र अन्य हेभी गाडी भन्दा माथि १० चक्का सम्म ३०० लिने, ट्रक र अन्य हेभी गाडी ६ चक्का सम्म २५० लिने , भाडाको कार, जीप र टैकसी संग १०० लिने, टेम्पो ई रिक्शा संग १०० लिने र भाडाकोे मिनी बस मिनी ट्रक संग १०० लिने ठेक्दार र महानगरपालिका संग सम्झौता भएपनि मनपोली ढंगले रकम उठाउंदै आईरहेका छन ।

बीरगंजको शंकर आर्चय गेट नजिकै ठेक्दारका कर्मचारीहरुले पटके सवारी कर उठाउंदा बिगत केही दिन अगाडी बीरगंज भन्सार कार्यलयका प्रमुखले त्रिभुवन राजपथमा रकम उठाउन नपाईने भन्दै सशस्त्र प्रहरीलाई निर्देशन दिई हटाएका थिए । अहिले पनि बीरगंजको रजत जयन्ती चौक अगाडी त्रिभुवन राजपथमा नै कर उठाईरहेका छन् । यता बीरगंजमहानगरपालिकाका मेयर विजयकुमार सरावगीले सम्झौता बिपरीत कर उठाएको पाएमा कारवाही गरीने जनाएका छन ।