×

वीरगंज, फाल्गुन २ - वीरगंज महानगरपालिका - १३ मा रामजानकी मन्दिर निर्माण हुनेभएको छ । पर्साका प्रतिनिधिसभा सदस्य प्रदीप यादवको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत मन्दिर निर्माण हुनलागेको हो ।

शुक्रबार एक कार्यक्रम बीच पर्सा क्षेत्र नं. १ का सांसद यादवले मन्दिर शिलान्यास गरेका छन् । समाजवादी पार्टीको केन्द्रिय सदस्य समेत रहेका यादवले शिलान्यास कार्यक्रममा बोल्दै उनले सबै जात र धर्मका व्यक्ति मिलेर अब मजबुत समाज बनाउन आवश्यक रहेको बताए । उनले धर्म र जाति भन्दा माथि उठेर सबै मिलेर लागे मात्र पर्सा जिल्लाको सम्पूर्ण विकास सम्भव हुने भने ।

सांसद यादवले मानसिक र शारिरीक शान्तिका लागी धार्मिक स्थलहरुको महत्व रहेको बताउदै बालबालिकादेखी ज्येष्ठ नागरिक सबैलाई नियमित धार्मिक स्थलहरु जान सुझाव दिए ।

आफ्नो निर्वाचन क्षेत्र संगै जिल्लाका अन्य धार्मिक र एतिहासिक स्थलहरुको संरक्षण र प्रवर्द्धनका लागि पहल र कार्य दुवै गर्दै आएका सांसद यादवले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताए ।

मन्दिर शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जनत अंसारी, वीरगंज महानगरपालिका - १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, विधार्थी नेता निखिल बरनवाल, सरफराज आलम, संसदीय प्रतिनिधि घन्शयाम गुप्तालगायतको उपस्थिति रहेको थियो ।

Back to top