भ्रमण वर्ष २०२० समन्वय समिति पर्साको बैठक तथा अन्तरक्रिया समपन्न 

59

वीरगंज, फाल्गुन २ – नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति पर्साको बैठक र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भ्रमण वर्षलाई सफलपर्न गठित जिल्ला समन्यव समितिले बनाएको वार्षिक कार्ययोजना माथी छलफल गर्दै शुक्रबार वीरगंजस्थित होटेल मकालुमा कार्यक्रम सम्पन्न भएको हो ।


भ्रमण वर्ष २०२० का जिल्ला संयोजक विनोद चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा सरोकारवालाहरु संग भ्रमण वर्ष सफल पार्न बारे विभिन्न विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा वीरगंजका वरिष्ठ होटल व्यवसायी तथा समाजसेवी पशुपति विक्रम शाहले भ्रमण वर्ष सफल पार्न व्यवस्थापन पक्षमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले पर्सामा धार्मिक पर्यटनको धेरै सम्भावना भएकोले जिल्लाका धार्मिक स्थलहरुको प्रचार प्रसारमा लाग्न आग्रह गर्नुभयो ।

त्यसैगरी वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले पर्यटन प्रवर्द्धनका लागी सर्व प्रथम सोचमा परिवर्तन ल्याउनु पर्ने बताउनुभयो । उहाँले युवालाई समाज प्रतीको आफ्नो उत्तरदाईत्व बुझ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं. २ का सदस्य मोहन प्रधानले भ्रमण वर्ष सफल पार्न जिल्लाको सबै पक्ष संगै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । ‘पर्यटन र होटल व्यवसायीले मात्र काम गरेर पुग्दैन, प्रधानले भन्नुभयो, ‘भ्रमण वर्षलाई सफल पार्ने हो भने सबै पक्ष मिल्नुको विकल्प छैन ।’

समन्वय समितिका जिल्ला संयोजक विनोध चौधरीले कम साधन-श्रोत वावजुद पनी सबै पक्ष मिलेर अगाडी बढ्नु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँले भ्रमण वर्षको सफल्ता सम्पूर्ण पर्सावासीको दाईत्व भएकोले सबै सरोकारवाला निकाय अभियान संग जोडिन आग्रहगर्नुभयो ।

कार्यक्रममा वार्षिक कार्ययोजना समन्वय समितिका सदस्य आशु कुमार सर्राफले प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य जिल्ला सचिव सुष्मा तिवारी द्विवेदीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान केन्द्रका प्रहरी साहयक उपरीक्षक श्याम चौधरी, प्रहरी निरीक्ष निर्मल पनेरु, वरिष्ठ समाज सेवी उषा शाह, भ्रमण वर्ष २०२० पर्सा जिल्ला समन्वय समितिका सदस्य ग्यासुदीन ठकुराई, विद्यालाल साह, दल बहादुर किंगरिंग, निशान्त लामिछाने, राजन श्रीवास्तव, पर्यटन प्रहरीका रामरुप प्रसाद यादवलगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहाजिकरण मोहन प्रधानले गर्नु भएको थियो ।