×

वीरगंज, फाल्गुन १ - काठमाडौँस्थित गैरसरकारी संस्था समर्थ नेपाल, वीरगंजस्थित गैर सरकारी संस्था संस्कृति र कोड फोर नेपालको सह-आयोजनामा तिन दिने सेनेटरि प्याड बनाउने प्रशिक्षक परिक्षण (टिओटि) हुने भएको छ ।

वीरगंजमा यहि फाल्गुन ११ देखि १३ गते सम्म २५ युवा तथा महिलाहरुका लागि पुन: प्रयोग गर्न मिल्ने सेनेटरि प्याड बनाउने तथा महिनावारी बेला अपनाउनु पर्ने स्वच्छता बारे प्रशिक्षक प्रशिक्षण (टिओटी) आयोजना हुन् लागेको हो ।

काभेरी एकेडमीमा आयोजना हुने टिओटीमा सहभागीहरुलाई पुन: प्रयोग गर्न मिल्ने सेनेटरि प्याड बनाउदा अपनाउनु पर्ने आवश्यक प्रकृयाका बारेमा प्रशिक्षण दिने संस्कृतिका किरण गिरिले बताए । उनले अन्य सेण्टरि प्याड बनाउने तालिम भन्दा आफुहरुले गर्न लागेको तालिम छुट्टै र महत्वपूर्ण रहेको बताए ।

गिरिले तालिममा सेण्टरि प्याड बनाउन सिकाउनका साथ् महिनावारीबारे अन्य महत्वपूर्ण जानकारी गराउनका साथ् महिनावारी बेला अपनाउनु पर्ने स्वच्छता, लाग्न सक्ने रोगबाट बच्ने उपायलगयात पक्षहरु बारे समेत अभिमुखीकरण गरिने बताए ।

समर्थ नेपालले आयोजना गर्न लागेको तिन दिने तालिमबाट प्रशिक्षित सहभागीहरुको सहयोगमा पछि जिल्लाका अन्य स्थानहरुमा यस्तै तालिमको आयोजना गरिने गिरिले जानकारी दिए । तालिममा सहभागिताका लागि संस्कृतिले आफ्नो फेसबुक पेजमा उपलब्ध गरेको फारम भर्नु पर्ने छ ।

तालिमको लागी फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

Back to top