×

वीरगंज, फाल्गुन १ - पर्साका नयाँ प्रमुख जिल्ला अधिकारि विष्णु कार्कीले स्थानिय पत्रकारहरु संग भेटघाट गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा बिहिबार आयोजना गरिएको पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रममा प्रजिअ कार्कीले पत्रकार संग भेटेका हुन् ।

भेटघाट कार्यक्रममा वाेल्दै कार्कीले सुशासन र शान्ति कायम गर्नु आफ्नो प्रथम प्राथमिकता रहेको बताए । नवलपरासीका प्रमुख जिल्ला अधिकारी रहेका कार्कीले केही दिन पहिला मात्र सरुवा भएर पर्सा आएका हुन् ।

पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, अनुसन्धान अधिकृत श्याम चाैधरी, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, उपाध्यक्ष केशी लामिक्षाने, पर्सा अध्यक्ष श्याम बन्जारा लगायतका पर्सेली संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा सहभागि पत्रकारहरुले राेकिएकाे बिकास निर्माण कार्य सुचारु गराउन, दाेह्राे नागरिक्ता लिएका गैर नेपालीलाई कारवाही गर्न, तस्करी नियन्त्रण लगायतका कार्य गर्नकाे लागि अधिकारी कार्कीलाई सुझाव दिए ।

Back to top