×

वीरगंज, फाल्गुन १ - नेरास्ववियु पर्साकाे आयाेजनामा रक्त संचार केन्द्र वीरगंजमा आज भएकाे आकस्मिक रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

२५ औं जनयुद्ध दिवसकाे अवसरमा भएकाे कार्यक्रममा नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरबिन्द सिंह, अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलम, प्रदिप गुप्ता, अजय साह, दिपक पटेल, हेमन्त तमांग, शिवजी गुप्ता, प्रविन यादव, मिराेज आलम लगायकाले रक्तदान गरेका हुन् ।

अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जिल्ला उपाध्यक्ष मित्रदेव यादव, भाेलन्टियर समुहका संयाेजक राजन श्रीवस्तव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Back to top