×

वीरगंज, फाल्गुन १ - ठाकुरराम बहुमुखी क्याम्पसमा आन्दोलनरत आंशिक प्राध्यापक संघको माग पुरा गर्न राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रशासन संग अनुरोध गरेको छ ।

क्याम्पसका प्रमुख डा. प्रमोद कुशवाहलाई बिहिबार ज्ञापन पत्र बुझाउदै राष्ट्रिय विद्यार्थी संघले यस्तो अनुरोध गरेको हो । क्याम्पसका आंशिक प्रधायाप्कहरु विगत केहि दिन आफुहरुको करारमा नियुक्ति गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

प्राध्यापकहरुले कक्षा र पठनपाठन समेत ठप्प गरेर धर्ना कार्यक्रम समेत सुरु गरेका छन् । प्राध्यापकहरुको जायज माग पुरा गराउन आफुहरुले क्याम्पस प्रशासनमाथि दवाव सृजना गर्न ज्ञापन पत्र बुझाएका राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसियाले भने ।

उनले प्राध्यापकहरुको माग पूरा गरेर कक्षा पुन: नियमित रुपमा संचालन गर्न आवश्यक रहेको बताए । ज्ञापन पत्र बुझाउन गएको टोलिमा ठा.रा.ब एकाई उपाध्यक्ष अमित यादव, अफ्रोज् आलम, एकाई सदस्य ओमप्रकाश साह, गोविन्द कापड, रुपेश चौरसिया, विद्यार्थी नेता कमलेश चौहान, राजकुमार मंडल, रञ्जय कुशवाहा, पुनिल दासलगायतको सहभागिता रहेको थियो।

Back to top