×

वीरगञ्ज माघ २९ - समाजवादी पार्टीका सांसद प्रदीप यादवले वीरगञ्जस्थित सिर्सिया नदीमा बढेको प्रदुषणले जिल्लावासी प्रताडित भएको बताएका छन् । पर्सा क्षेत्र नं. १ र २ अन्तर्गत वीरगञ्ज महानगरपालिकामा पर्ने सिर्सिया नदी केही उद्योग तथा कलकरखानाको बदमासीले प्रदुषित र विषालु भई जनताको स्वास्थयको लागी हानिकारक भएको सांसद यादवले बताएका हुन ।

आज दिउँसो बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद यादवले भने, 'नदीको प्रदुषित पानीको कारण आम जनता मुख छोपेर हिडनु पर्ने बाध्यता छ छ । नदीको प्रदुषित पानी खाएको चौपायाहरु बिरमी भएर ज्यान गुमाई सकेका छन्' ।

दर्जनौ गाउँको हजारौं सर्वसाधारणको जीवनसंग प्रत्यक्ष गासिएको समस्या भएकोले नदीमा प्रदुषण फैलाउने उद्योगलाई कारवाही गर्न सान्साद यादवले माग गरेका हुन् ।

'विगतको दिनमा सिर्सिया नदीको पानी पहाडको झरिबाट निस्किने पानी जस्तो सफा र चम्किलो थियो । बैशाख-जेठको महिनामा तिर्खा लाग्नेले समेत त्यही पानी खाने गर्थे,' उनले भने, ;नदी आसपासका किसानहरुले पनि पम्पिङ्ग लगाएर सिचाई समते गर्थे ।'

२०६७ सालमा एउटा अध्ययन टोलीले समेत आफ्नो प्रतिवेदनमा ४८ वटा उद्योग र अबैध रक्सी भठ्ठी एंव वीरगञ्ज महानगरपालिकाका ढल र फोहोर पनि प्रदुषणको स्रोतको रुपमा उल्लेख गरेको बताउँदै उनले सिर्सिया नदीलाई फोहोर, दुर्गन्धित र विषालु पानी फाल्ने छाला उद्योग, डिस्टिलरी, टेक्सटाईल, घ्यू, साबुन, कार्टुन, कागज, सलाई र रांगा काट्ने उद्योगहरु रहेको बताउँदै यि उद्योगहरुलाई कारवाही गर्न संसदमा आवाज उठाएका हुन् ।

Back to top