×

वीरगंज, माघ २९ - आइसीसी विश्वकप डिभिजन लीग-२ अन्तर्गत अहिले नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

नेपालका लागी पारस खड़काले २० रन बनाए भने दीपेन्द्र सिंह एरीले १५ रन बनाए ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १ र सुबास खकुरेल शून्यमा आउट भएका थिए ।

यसअघी नेपाले पहिला बलिंग गरेर अमेरिकालाई १२ ओभरमा ३५ रनमा अलआउट गरेको थियो । सन्दीप लमिछानेले ६ विकेट लिएपछि अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भएको थियो ।

नेपालका लागी सन्दीप लमिछानेले ६ विकेट लिएका थिए । सन्दीपले ६ ओभरमा एक मेड़नसहित १६ रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै सुशान भारीले पनि ४ विकेट लिएका थिए । सुशानले ३ ओभरमा एकमेड़नसहित ४ विकेट लिएका थिए ।

योसंगै डिभिजन-२ को यो त्रिकोणीय सीरीज़ सकिएको छ । जसमा ओमानले चारै खेल जित्यो भने नेपालले २ खेल जित्यो ।

Back to top