पर्साको हुलाकीमा कालोपत्रे धमाधम, असारसम्मका काम सकिने

4391

वीरगंज, माघ २९ – राष्ट्रिय गौरवको आयोजनामा राखिएको हुलाकी राजमार्गअन्तर्गत पर्साको वीरगंज–सेढवाखण्ड खण्डमा धमाधम कालोपत्रे भइरहेको छ ।

अहिले वीरगंजदेखि रंगपुरसम्मको ३० किलोमीटरसम्मको खण्डअन्तर्गत १७ किलोमीटरमा पीच भइरहेको छ ।




सो खसडकअन्तर्गत ४० प्रतिशत भौतिक प्रगति भएको हुलाकी सडकले बताएको छ । वीरगंजदेखि पर्साको सेढवासम्मको ३० किलोमीटर सडक स्तरोन्नतिको ठेक्का पप्पु/एएमआर जेभीलाई दिएको छ ।

भारतको आर्थिक सहयोगमा स्तरोन्नति भइरहेको सडक ३० मीटर फराकिलो हुनुपर्ने सम्झौैतामा उल्लेख छ । हुलाकीमार्गमा ७ मीटर कालोपत्रे, ३ मीटर फुटपाथ र २ मीटर नाला निर्माण गरिने सम्झौतामा उल्लेख छ ।

यो खण्डको ३० किलोमीटर सडकको कालोपत्रे असारसम्म पूरा हुने हुलाकी आयोजनाले बताएको छ ।