नेवि संघद्वारा वीरगंजमा प्रधामन्त्री र अख्तियार प्रमुखको पुत्ला दहन

735


वीरगंज, माघ २९ – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पर्साले आज वीरगंजमा प्रधानमन्त्री र अख्तियार प्रमुखको पुतला दहन गरेको छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको विरोधमा संघले वीरगंजमा प्रधानमन्त्रि केपी ओली र अख्तियार प्रमुख नवीनकुमार घिमिरेको पुतला दहन गरेको हो ।


नेवि संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा निकालिएको मशाल जुलुस नगर परिक्रमा गरेको थियो भने पुत्ला ठाकुरराम बहुमुखी क्याम्पस अगाडि जलाईएको थियो ।

विरोधको क्रममा नेपाली काँग्रेसका नेता राजु गुप्ता,नेवि संघका पुर्व केन्द्रिय सदस्य ब्रदी नारायण तिवारी, जिल्ला उपाध्यक्ष विकेश पटेल, रुद्र हल्दर , जिल्ला सचीव प्रभात सिंह,अब्दुल कयुम, महानगरपालिका कमिटिका अध्यक्ष विवेक कलवार, मुनराज तिवारी, तरुन दलका नेता मिकु सिंहलगायत नेताहरुको सहभागिता रहेको थियो।