×

 

वीरगन्ज २४ माघ । प्रतिनिधिसभा सदस्य प्रदिप यादव समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। साेही पार्टीको तर्फबाट पर्साबाट प्रतिनिधिसभा चुनाव जितेका यादवलाई सर्वसम्मत केन्द्रीय सदस्यमा मनोनयन गरिएकाे हाे।

माघ १८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी स्रोतले जनाएको छ ।

बैशाख २४ गतेदेखि २७ गतेसम्म लाटभियाको राजधानी रगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको भेलामा नेपालको प्रतिनिधिसभा सदस्यको रुपमा प्रदीप यादव सहभागी भएका थिए । त्यसको आरोपमा असार १० गते उनलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो ।

त्यतिबेला उनी पर्सा जिल्लाका पार्टी अध्यक्ष थिए । सांसद यादवले आफू भूलवश त्यहाँ गएको स्वीकार गर्दागर्दै पार्टीले उनलाई कारवाही गरेको थियो । पार्टीले ६ महिनाको कारवाही फुकुवा गर्दै केन्द्रीय सदस्य बनाएको छ । तर जिल्ला अध्यक्षको जिम्मेवारीमा फर्काइएको छैन । नेता यादवलाई माघ २० गते दिएको पत्रमा पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षर रहेको छ ।

Back to top